शनिबार, आश्विन १७ गते २०८३

वाणिज्य बैंकको २५८औं शाखा चापागाउँमा

माघ ४, २०७८ मंगलबार
वाणिज्य बैंकको २५८औं शाखा चापागाउँमा

 

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नः १०, टाखेल स्थित शाखा कार्यालय चापागाउँ विस्तार गरी सोमबारबाट कारोबार शुभारम्भ गरेको छ । 

यससँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५८ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।