लुम्बिनी विकास बैंकले शाखा विस्तार गरेको छ । बैंकले तुल्सीपुर उप–महानगरपालिका वडा नं ५ र बुटवलको ट्राफिक चोकमा गरी दुई नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
योसँगै बैंकको शाखा संख्या ७९ पुगेको छ । ती शाखा एवं १७ वटा एटिएम बुथबाट बैंकले करीब ३ लाख ८० हजार ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
२०७८ पौष मसान्तसम्ममा बैंकले ४२ अर्ब ३८ करोड निक्षेप संकलन गरि ३८ अर्ब ७३ करोड कर्जा लगानी गरेको छ ।