शुक्रबार, कार्तिक ७ गते २०८३

अन्तराष्ट्रिय मुद्रा कोषले नेपाललाई साढे ४६ अर्ब ७१ करोड ऋण दिने

पौष ३०, २०७८ शुक्रबार
अन्तराष्ट्रिय मुद्रा कोषले नेपाललाई साढे ४६ अर्ब ७१ करोड ऋण दिने


 अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई सहुलियत व्याजदरमा साढे ४६ अर्ब रुपैयाँभन्दा बढी ऋण दिने निर्णय गरेको छ । हालै बसेको कोषको कार्यकारी वोर्डको बैठकले नेपालले माग गरे अनुसार विस्तारित कर्जा सुविधा ९ईसीएफ० अन्तरगत सो कर्जा उपलब्ध गराउने निर्णय गरेको हो ।

 सरकारले केही समयअघि ४० करोड अमेरिकी डलर (प्रतिडलर ११८ रुपैयााको विनिमय दर अनुसार ४७ अर्ब २० करोड रुपैयाँ) ईसीएफ सुविधा उपलब्ध गराईदिन अनुरोध गरेको थियो । नेपाल सरकारको सो अनुरोध अनुसार आईएमएफले ३९ करोड ५९ लाख अमेरिकी डलर ९४६ अर्ब ७१ करोड रुपैयाँ० बराबरको कर्जा स्वीकृत गरेको हो ।


आईएमएफले आफ्ना सदस्य राष्ट्रहरुको लागि एसडीआर सुविधाको कोटा तय गर्ने गरेको छ । नेपालले प्राप्त गर्न लागेको सो ऋण सुविधा कोटाको १८० प्रतिशत हो ।

स्वीकृत कर्जा रकममध्ये ११० मिलियन डलर (१२ अर्ब ९८ करोड रुपैयाँ )नेपालले तत्कालै पाउने छ । यो रकम बजेट फाइनान्सिङ सुविधा अन्तरगत प्राप्त हुन लागेको हो । यो सुविधामा पाउने रकम सरकारले आवश्यक ठानेको क्षेत्रमा खर्च गर्न पाउने छ । बाँकी रहेको २८५।९ मिलियन डलर ९३३ अर्ब ७३ करोड रुपैयाँ० ३८ महिनाभित्रमा प्रयोग गर्न पाउने छ ।