शुक्रबार, कार्तिक ७ गते २०८३

सामूहिक साकोसको सियुडिसिसि तथा सहकारी अध्ययन तालिम सम्पन्न 

पौष ३०, २०७८ शुक्रबार
सामूहिक साकोसको सियुडिसिसि तथा सहकारी अध्ययन तालिम सम्पन्न 


सामूहिक साकोस भक्तपुरको सहकारी अध्ययन तथा सियुडिसिसि तालिक सम्पन्न भएको छ । संस्थाको वार्षिक नीति तथा कार्यक्रम तालिका अनुसार पोखराको होटल आइसल्याण्डमा चार दिन संचालकहरुको क्षमता अभिबृद्धि तालिम (सियूडिसिसि) नेफ्स्कूनको सहजिकरणमा सम्पन्न भएको हो । तालिम समापन समारोहक कार्यक्रमका प्रमुख अतिथि जिल्ला बचत ताथ ऋण सहकारी संघ कास्कीका अध्यक्ष भेषराज बरालले सहकारी संस्था सुशासनमा चल्नुको विकल्प नभएकोमा जोद दिए । तालिममा नेफ्स्कूनका बरिष्ठ तालिम अधिकृत बल्लभ तिमल्सिना र तालिम अभिकृत उमेश कोईरालाले सहजिकरगरेका थिए । तालिमका कक्षाहरुमा वित्तीय बजारमा साकोसको छवि, संचालक समितिको काम, कर्तव्य र अधिकार, व्यवस्थापनबाट संचालक समितिको अपेक्षा र संचालक समितिबाट व्यवस्थापनको अपेक्षा जस्ता विषय बस्तुहरुमा समुह अभ्यास र प्रस्तुतिकरण गरी छलफल गरिएको थियो । 

संस्थाका शेयर सदस्यहरुको व्यक्तिगत विवरणहरु बर्षको एक चोटि अपडेट हुनुपर्ने, सदस्यको उमेर, लिंग, आय र पेशा, संस्कृति, शैक्षिक स्तर आदिका आधारमा बजार खण्डीकरण गरी सदस्यको सहभागितामा र सदस्यका आवश्यकता पुरा हुने खालको बचत तथा ऋण सेवाको विकास गर्नु पर्ने कुरामा विशेष छलफल गरिएको थियो । साथै साकोसको पल्र्सको विश्लेषण सहितको वित्तीय व्यवस्थापन गरी अघि बढ्नु पर्ने जसमा क्षमतामा आधारित ऋण लगानी तथा असुलीमा संचालकहरु र व्यवस्थापनको भूमिका, भाखा नाघेको ऋण व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा गहण छलफल भएको संस्थाक व्यबस्थापक कबिन्द्र धौबन्जारले बताए ।

samuhika.jpg मानव संशाधन विकास, सुशासन, कानुनी उत्तरदायित्व पुरा गरी दीगो र सवल साकोस निर्माण गर्न सहकारीका संचालकहरु लाग्नु पर्नेमा  समेत विशेष जोद दिइएको उनको भनाइ छ । । तालिममा संस्थाका संचालक समिति, लेखा समिति, उपसमितिहरु र कर्मचारीहरु गरी जम्मा २१ जनाको सहभागी रहेको थियो । गत २५ गते  शुरु भएको उक्त कार्यक्रमको उद्घाटन सत्रको सभापतित्व संस्थाको सचिव कृष्णहरि सैंजुले गरेका थिए ।
साथै सहकारी अध्ययन अवलोकन अन्र्तगत जनकल्याण साकोस धाडिङ्ग र पोखरा रोयल साकोस पोखरा अध्ययन अवलोकन गरिएको थियो । अवलोकनका क्रममा एकअर्का विचका सिकाइ सातासात गरिएको थियो भने सकोसहरुको प्रयोगमा ल्याइएको नयाँ नयाँ प्रविधिको वारेमा विशेष चर्चा गरिएको थियो । 

IMG-1e3fa7758eacdd3caf3cd635a295bb38-V.jpg