
सीताराम थापा
( विशेष प्रतिनिधि)
गण्डकी प्रदेसमा एकहप्तामै काेराेना संक्रमितकाे चाप दाेब्बर बढेकाे छ, श्राेत साधनकाे ब्यवस्था छैन। प्रदेश सरकारकाे एकमात्र कोभिड उपचारका लागि तोकिएको सरुवा रोग अस्पतालमा २ हप्ता अघिसम्म दुई जनामात्रै कोभिड संक्रमित उपचारमा थिए । अहिले परिस्थिति फरक भएकाेले अस्पतालमा फेरि कोभिडका बिरामी दिनानुदिन बढ्न थाले । अस्पताल निर्देशक बिकास गौचनका अनुसार अस्पतालमा बुधबारसम्म शून्यमा पुग्न लागिसकेको संक्रमितको संख्या बढेकाे छ। ‘अघिल्ला ४ हप्तासम्म संक्रमित संख्या धेरै कम भएपनि त्यो संख्या पनि शून्यमा झर्छ कि भन्ने लागेको थियो,’ डा. गौचन भन्छन्, ‘तर त्यो संख्या फेरि बढ्न थालेको छ । संख्या सँगै फेरि चुनौती थपिँदैछ ।’
प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार एक हप्ताअघि गण्डकी प्रदेशभर १ सय ७२ जना मात्रै सक्रिय संक्रमित थिए । तर, बिहिबार सम्म उक्त संख्या दोब्बर बढेर ४ सय ५१ पुगेको छ । सोही अनुपातमा अस्पतालमा भर्ना हुने गम्भीर बिरामीको संख्या समेत बढेको छ । यसबीचमा एकजना संक्रमितको मृत्यु भएको छ ।गण्डकी प्रदेशभर सबैभन्दा बढी सक्रिय संक्रमित कास्कीमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कुल संक्रमितमध्ये कास्कीमा मात्रै २ सय ६४ जना सक्रिय संक्रमित छन् । जबकी एकहप्ताअघिसम्म जम्मा १ सय १७ जनामात्रै कास्कीमा सक्रिय संक्रमित छन्। कोरोना संक्रमित शून्य भएर लामो समय बितेका गण्डकीका मनाङ र मुस्ताङमा समेत काेराेना संक्रमित पुष्टि भएकाे छ। डा. गौचनका अनुसार पछिल्लो समय गण्डकीमा भएका मेला विभिन्न राजनीतिक दलका अधिवेशन, महाधिवेशन लगायत भीडभाड जन्य क्रियाकलापका कारणाले कोरोना उकालो लागेको हो।
‘कोरोना केही कम भएपछि हामीले जनस्वास्थ्य मापदण्ड पादना समयमै नगर्दा काेराेना राता बढेकाे जनस्वास्थ्य बिद डा. शरद वन्तकाे गण्डकीमा फेरि कोरोना फैलिनुमा प्रमुख कारण जनश्वास्थ्य मावदण्ड बताउछन। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कुल सक्रिय संक्रमित मध्ये अहिले २५ जना अस्पतालमा उपचाररत छन् । जसमध्ये हाइ डिपेन्डेन्सी युनिट (एचडीयू) बेडमा मात्रै १२ जना संक्रमितले उपचार गराइरहेका छन् । त्यस्तै, आइसियू बेडमा ४ जना र र भेन्टिलेटरमा २ जना विरामी उपचाररत छन् । ‘स्रोत साधन छ, जनशक्ति छैनन्’ अन्योलै अन्योलमा गण्डकी प्रदेश ! पछिल्लो एकहप्तादेखि पुनः कोरोना संक्रमणदर उकालो लाग्न थालेपछि गण्डकी प्रदेशले नाकामा कडाइ थालेको छ । प्रहरीको सहयोगमा अहिले एन्टिजेन परीक्षणलाई ‘व्यापक’ बनाइएको प्रदेश स्वास्थ्य निर्देशनालयको भनाइ छ ।
त्यसबाहेक पहिलो र दोस्रो लहरको कोरोना संक्रमणबाट पाठ सिकेर तेस्रो लहरको सामना गर्ने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्का बताउँछन् । उनी भन्छन्, ‘अघिल्ला २ लहरका हामीसँग अनुभव छन् । त्यही अनुभवका आधारमा तेस्रो लहरको सामना गर्ने हो ।’ तर, अघिल्लो लहरबाट ‘पाठ सिक्ने’ बताइरहँदा सुस्ताइसकेका आइसोलेसन र स्रोतसाधन कसरी ब्युँताउने निर्देशनालय अझै अन्योलमै छ । ‘नाकामा होल्डिङ सेन्टर छैन । कोरोनाको तेस्रो लहरलाई रोक्न स्वास्थ्य मापदण्डलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौं । नाकामै कडाइ गरेर लक्षण देखिएकालाई आइसोलेसनमा राख्ने भनेका छौं,’ खड्का स्वीकार्छन्, ‘तर, त्यहाँ पनि कति दिन राख्ने, कतिजनासम्म राख्ने भन्ने नै अन्योल छ ।’ ओमिक्रोन प्रभावित छिमेकी देश भारतसँग सीमाना जोडिएको एकमात्र नाका नवलपुरको त्रिवेणी नाकाबाट भने प्रदेशलाई ‘खतरा’ नभएको खड्काको जिकिर छ । मानवीय आउजाउ न्यून हुने भएकाले उक्त नाकाभन्दा प्रदेशसँग जोडिएका अन्य नाकालाई नै महत्व दिएर अघि बढिरहेको उनको भनाइ छ । ‘त्रिवेणी नाकाबाट हामीलाई धेरै खतरा छैन । त्यो नाका आउजाउका लागि खासै प्रयोगमा पनि नआउँदो रहेछ,’ खड्का भन्छन्, ‘बरु हामीले प्रदेशसँग जोडिएका आँबुखैरेनी र राम्दी नाकामा कडाइ गर्ने भनेका छौं । बरु त्यहाँ धेरै पोजेटिभ देखिए के गर्ने भन्ने चुनौती छ ।’ नागरिक समाजका अगुवाहरु भन्छन, ,सरकार बेलैमा खाेप दिने भनेता पनि संबेदनशिल छैन । बादबालिकाकाे शैक्षिक ब्यवस्थापन छैन। सरकारले एकीकृत ब्यवस्थापन गरि काेभिड राेकथाम गराेस, फेरि भयावह हुन नदेवस।