शनिबार, आश्विन १७ गते २०८३

गुडविल फाइनान्स २७ औं साधारण सभाबाट १३ प्रतिशत लाभांश पारित

पौष २९, २०७८ बिहीबार
गुडविल फाइनान्स २७ औं साधारण सभाबाट १३ प्रतिशत लाभांश पारित

 

गुडविल फाइनान्स लिमिटेडको २७औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष विश्वप्रकाश साखःज्यू आ.व. २०७७/०७८ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाले निक्षेपतर्फ गत आ.व.को तुलनामा १८.८४ प्रतिशत ले वृद्धि गरी रु १० अर्ब ९ करोड ३९ लाख ८४ हजार तथा कर्जा तर्फ १५.६८ प्रतिशतले वृद्धि गरी रु. ७ अर्ब ९१ करोड ३३ लाख ८९ हजार पु र्‍याएको छ । 

कम्पनीले गत आ.व.को नाफाबाट ९.१ प्रतिशत बोनस शेयर तथा ३.९ प्रतिशत नगद लाभांश गरि जम्मा १३ प्रतिशत वितरण गर्ने प्रस्ताव सर्वसम्मत् रुपमा पारित गरेको छ । 

सो अवसरमा सस्थाका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधरले गत वर्ष विश्वभर महामारीको रुपमा फैलिएको कोभिडका कारण नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दी तथा यसबाट उत्पन्न भएका अन्य विविध समस्याका कारण सम्पूर्ण आर्थिक गतिविधि लगायत नियमित व्यवसायमा समेत उत्पन्न हुन गएको शिथिलताका बावजुद पनि वित्तीय संस्थाले अपेक्षाजनक रुपमा कार्य गर्दै लगानी कर्ताहरुलाई गत बर्ष भन्दा बढी प्रतिफल दिन सकेको सभामा जानकारी गराएका थिए ।