बुधबार, भाद्र ३ गते २०८३

महायुद्ध एकातिर मानबोपयोगी खोज अनुसन्धान अर्कोतिर

पौष २८, २०७८ बुधबार
महायुद्ध एकातिर मानबोपयोगी खोज अनुसन्धान अर्कोतिर

   यूरोपेली शहर सारायेबोमा २८ जुलाई, १९१४ मा आर्कड्यूक फर्डिनाण्डको हत्या गरियो । उनी त्यसबेला सत्तारुढ अष्ट्राे- हंगेरियन साम्राज्यका उत्तराधिकारी थिए । त्यसबाट जुन युद्ध शुरु भयो त्यो पहिलो बिश्व युद्ध भनेर इतिहासमा जानिन्छ । चार बर्षपछि जब त्यो युद्ध समाप्त भयो त्यति बेलासम्ममा संसारमा भिन्न भिन्न मोर्चामा झण्डैझण्डै एक करोड सैनिक मारिसकिएका थिए । त्यसको दोब्बर घाइते र अंगभंग भएका थिए । झण्डै ७० लाख सर्बसाधारण मानिस त्यस युद्धमा मारिएका थिए । त्यसै युद्धको अन्तिम दिनमा स्पेनिश 'फ्लू' (देशाँध एक प्रकारको संक्रामक रोग) पनि बिश्वब्यापीरुपमा संक्रमण भएर फैलिएको थियो अनि बिश्वको लगभग ४० प्रतिशत जनसंख्या त्यसको चपेटामा परेको थियो ।

Madam Curie.jpeg

त्यो वास्वतमा मानब इतिहासको एउटा सबैभन्दा ठूलो माहामारी थियो र त्यसको प्रकोपमा परेर झण्डै पाँच करोड मानिस मारिएका थिए । यो माहामारी फैलिनुको एउटा ठूलो कारण बिश्व युद्धले गर्दा बिश्वभरी सैनिक आवातजावत बढ्नु थियो । अर्को, यो युद्धमा यत्तिका धेरै मानिस मारिनुको कारण के थियो भने यो पहिलो युद्ध थियो जसमा बिकसित प्रबिधिको धेरै मात्रामा प्रयोग गरिएको थियो । ट्यांक, बिमान, बख्तरबन्द गाडीहरुदेखि लिएर बिषालु ग्याससम्मको उपयोग भएको थियो तर युद्ध कलाका रणनीतिहरु भने सबैजसो पुरानै थिए । त्यसले गर्दा ठूलो मानबीय नोक्सानी भएकाे युध्दका समीक्षकहरूले बताएका छन्।

bloodtranfussion.jpg

वास्तबमा ट्यांक, लडाकु बिमान अर्थात युद्ध बिमान आदि प्रबिधिहरू त्यसै पहिलो बिश्व युद्धका बेला बिकसित भएका हुन् । तर यस्ता मानबघाती मारगर्ने मृत्युका साधनकासाथै मानिसकाे ज्यान बचाउने कतिपय आधुनिक साधनहरु पनि त्यसै बेलामा नै बिकसित भए । चिकित्सा बिज्ञानमा त्यस युद्धका बेला जुन प्रबिधि बिकसित भयो त्यस सम्वन्धमा लण्डनमा एउटा प्रदर्शनी नै आयोजना गरिएकाे थियो । उदाहरणका लागि एक्स-रे प्रबिधि धेरै पहिला नै बिकसि भइसकेको थियो तर त्यस पहिलो बिश्व युद्धमा ठूलो मात्रामा एक्स-रेको उपयोग गरियो । दुइ पटक नोबेल पुरष्कार बिजेता चर्चित र महान  बैज्ञानिक म्याडम क्यूरी स्वयम एक्स-रे मेशिन लिएर युध्द कालमा मोर्चामा गएकी थिइन र उनले ठूलो संख्यामा एक्स-रेहरु गरिन् । घाइते सैनिकहरुका घाउमा अड्केका बन्दूकका गोली या धातुका टुक्राहरु सही सही किसिमले पत्तो लगाउने हर्ट्ज कम्पासको खोज पनि त्यसै युद्धका बेलामा भएको थियो ।

digital-x-ray-imaging.png

 तर त्यस युद्धको बेला सबैभनदा ठूलो र क्रान्तिकारी खोज थियो रक्त सञ्चार गर्ने मानिसलाई रगत दिने त्यो प्रबिधि जुन प्रबिधि आज पनि प्रयोगमा ल्याइन्छ । एकजना मानिसको रगत अर्को ब्यक्तिलाई दिने यो प्रबिधि त्यो भन्दा पहिला पनि कहि कतै थियो । तर त्यसमा सिधै एक ब्यक्तिबाट अर्को ब्यक्तिमा रगत चढाउने गरिन्थ्यो । स्पष्ट छ, यस्तो प्रबिधि युद्धको मोर्चामा काम लाग्दैनथ्यो । सन् १९१७ मा रगतलाई बोतलमा जम्मा गरेर बर्फमा संरक्षित गर्ने प्रबिधि पनि बिकसित गरियो । यो बताइरहनु नपर्ला कि यो प्रबिधि कत्तिको महत्वपूर्ण थियो । एकातिर यस्ता महत्वपूर्ण खोज अनुसन्धान जुन युद्धकै क्रममा भए - तीमध्ये अक्सिजन मास्कको खोज पनि एक थियो । हुन त रासायनिक हतियारहरुमाथि त्यत्तिबेला पनि प्रतिबन्ध नै थियो तर त्यो युद्धमा रासायनिक हतियारहरु उपयोग गरिएको थियो । जर्मनी सेनाले क्लोरिनको उपयोग गरेको थियो । त्यसपछि अग्रेज चिकित्सकहरुले अक्सिजन मास्क बनाएका हुन् त्यसबेला । त्यस पहिलाे बिश्व युद्धको क्रममा नै बिरामीलाई सल्य कृयाका बेला बेहोस् पार्ने यस्ता यन्त्र र प्रबिधिहरू बनाइए जुन कतिपय मामिलामा आज पनि त्यसरी नै उपयोगमा ल्याइन्छ । त्यसै युद्धका बेला हात खुट्टा गुमाएका सैनिकहरुका लागि कृत्रिम अंग बनाउने जस्ता कतिपय प्रबिधिहरु पनि बिकसित गरिएका थिए ।

Battles.jpg

हुन त युद्ध मानब सभ्यताको सबैभन्दा क्रूर र बिध्वंशक हिस्सा अबश्य हो । युद्धका बेला यस्ता लाखौ मानिसहरु एक अर्काको रगत पिउन उद्यत हुन्छन् । यद्यपि तिनको आपसमा कुनै शत्रुता रहेको हुँदैन र उनीहरुले एक अर्कालाई चिने जानेको र यतिसम्म कि सुनेको पनि हुदैनन् । तर युद्धका बेलामा मानिसको सबैभन्दा क्रूर र बिवेकहीन पक्ष सामुमा आउँदछ । अर्कोतिर मानिसको उदात्त प्रबृत्ति पनि यस्तै बेलमा निखारिए सामुमा आउँदछ । युद्धको बिध्वंशका बीच सिर्जनाको सम्भावनालाई दूर सञ्चार, अन्तरिक्ष बिज्ञान, कम्प्यूटर बिज्ञान र सबैभन्दा बढी चिकित्सा बिज्ञानका उपलब्धीरुमा देख्न सकिन्छ । जसको उपयोग वास्वतमा सबैभन्दा पहिला यस्तै कुनै युद्धकै क्रममा भएको थियो । एकातिर क्रूर अमानबीयता अर्कातिर मानबाेपयाेगी सिर्जना । एकातिर ध्वंशकाे खेल अर्काेतिर नब निर्माणकाे मानबीय सिर्जना ।