शनिबार, आश्विन १७ गते २०८३

हिमालयन बैंकको शाखा महेन्द्रनगरको चम्मनचोकमा

पौष २७, २०७८ मंगलबार
हिमालयन बैंकको शाखा महेन्द्रनगरको चम्मनचोकमा

 

हिमालयन बैंकले सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको जिल्लास्थित भीमदत्त नगरपालिका–६, महेन्द्रनगर, चम्मनचोकमा शाखा सञ्चालनमा ल्याएको छ ।  

बैंकले उक्त शाखाबाट सम्पुर्ण ग्राहक महानुभावहरुलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउने जनाएको छ । 

बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सूदुर पश्चिम प्रदेशको आठौं शाखा हो ।

महेन्द्रनगरका प्रतिष्ठित उद्योगी, व्यवसायी तथा प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा बैंकले यस शाखाबाट कारोबार सुरु गरेको छ । महेन्द्रनगर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवाहरु सहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक बैजनाथ प्रसाद कोइरीले बताए ।

यस शाखा समेत हाल बैंकका कुल शाखा संख्या ७४, विस्तारित काउन्टर ५ पुगेको छ भने एटिएम संख्या १४८ र पीओएस टर्मिनल ५ हजारभन्दा बढी रहेका छन् ।