सिभिल क्यापिटल मार्केटमा कार्यरत कर्मचारीहरुलाई कार्यक्षमता अभिबृद्धि सम्बन्धी अन्तरक्रिया तथा तालिम कार्यक्रम गोरखा जिल्लाको सदरमुकाममा सम्पन्न गरेको छ ।
कार्यक्रममा सहभागी २६ जना कर्मचारीहरुलाई क्यापिटलका कर्मचारी विभागका प्रमुख मणिराज काफ्ले तथा प्रमुख कार्यकारी अधिकृत झनककाज ढुंगेलले सकारात्मक रुपमा ग्राहकहरुलाई चुस्त दुरुस्त सेवा प्रदान गर्ने, अनुशासित रहेने, कार्यक्षमता अभिवृद्धि गर्ने, व्यवसायिक रुपमा संस्थालाई अगाडि बढाउन आवश्यक विषयमा प्रशिक्षण गरेका थिए । प्रशिक्षण कार्यक्रममा संस्थामा कार्यरत व्यवस्थापन तहका पदाधिकारीहरु समेत सहभागिता रहेको थियो ।
छिटोछरितो तथा ग्राहकमुखी सेवा दिँदै दिनानुदिन ग्राहक एवं लगानीकर्ता माझ लोकप्रिय बन्दै गइरहेको सिभिल क्यापिटलले आगामी दिनहरुमा नयाँ प्रविधियुक्त थप उत्कृष्ट सेवा प्रदान गरि विशिष्ट स्थान प्राप्त गर्ने संस्था प्रतिबद्ध रहेको छ ।
संस्थाले निष्काशन तथा विक्री प्रबन्धकसँगै सिभिल क्यापिटल पुँजी बजारमा ग्राहकहरु माझ लोकप्रिय बन्दै गएको, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), संस्थागत परामर्श सेवा, डीम्याट (डीपी) सेवा, शेयर रजिष्ट्रार र लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले बताए ।
संस्थाले विगत दुई वर्षको अवधिमा ३३,००० को संख्यामा रहेका डिम्याट खाताको ग्राहक संख्यालाई छोटो समयमा नै उल्लेख्य रुपमा बढोत्तरी गरी हाल १,०५,००० पुर्याउन सफल भएको छ ।