शुक्रबार, कार्तिक ७ गते २०८३

हाम्रो मेलमिलाप साकोसको साधारणसभा सम्पन्न, सदस्यहरुको स्तरोन्नतिमा निरन्तर सघाउने

पौष २७, २०७८ मंगलबार
हाम्रो मेलमिलाप साकोसको साधारणसभा सम्पन्न, सदस्यहरुको स्तरोन्नतिमा निरन्तर सघाउने

 

हाम्रो मेलमिलाप बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारणसभा संस्थाका अध्यक्ष नेत्र प्रसाद धितालको सभापतित्वमा एवं कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरि थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सभामा अध्यक्षको तर्फबाट आ.व. २०७७।०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै धितालले मुलुकको आर्थिक समृद्धि सामाजिक न्याय तथा गरिबी न्यूनिकरणका लागि सहकारीको आवश्यकतालाई महशुस गरी संस्थाले समुदायमा छरिएर रहेको ससानो पुँजी एकिकृत गरी समुदायकै आर्थिक सामाजिक उत्थानको लागि परिचालन गर्दै आएको बताए । 

संस्थाले सामाजिक उत्तरदायित्व बहन अन्तर्गत स्थानीय स्तरमा रहेका मठमन्दिर, सामुदायिक विद्यालय, अस्पताल, ज्येष्ठ नागरिक समाज, किरियापुत्री भवन, प्रहरी चौकी लगायतका संघसंस्थालाई सक्दो सहयोग गर्दै आएको उनको भनाई छ । संस्थामा संकलित बचतलाई सदस्यहरुमाझ आयमूलक एवं उत्पादनमूलक क्षेत्रमा ऋण लगानी गरी उनीहरुको स्तरोन्नति गर्नु संस्थाको उद्देश्य रहेको समेत उनले सो अवसरमा बताए । यस आर्थिक वर्षको प्रस्तावित प्रस्तुत गर्दै उनले कार्यक्षेत्रलाई वृद्धि गरी काठमाण्डौ जिल्लाभर पु¥याउने, बचत र ऋण लगानीका विभिन्न योजनाहरु थप गर्ने, संस्थाको आफ्नै भवन खरिद गर्ने, स्थानीय स्तरमा सहकारी संस्थाहरुबीच एकिकरणको कार्य अगाडि बढाउने, सहकारीको महत्व बढाउन हाजिरीजवाफ र खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने र घरेलु हिंसा अन्त्य गर्नका लागि सहकार्य गर्ने धितालले उल्लेख गरे । 

संस्थाका कोषाध्यक्ष विनोद दाहालले आर्थिक प्रतिवेदन प्रस्तु गर्दै २०७८ असार मसान्तसम्म शेयरपुँजी ५ करोड ७६ लाख ६६ हजार, कोषहरुमा ६ करोड १५ लाख २३ हजार, बचत संकलन ४८ करोड ६८ लाख ९४ हजार र ऋण लगानी ५१ करोड १८ लाख ८४ हजार गरी कुल वासलात ६३ करोड ६४ लाख ७६ हजार पुगेको जानकारी दिए । 

संस्थामा २२८६ जना शेयरसदस्य आवद्ध रहेका छन् । संस्थाले व्यवसायिक, कृषि, सामुहिक जमानी, घरजग्गा खरिद तथा शैक्षिक जस्ता विभिन्न शिर्षकमा ऋण प्रवाह गर्दै आएको छ । 

सभामा लेखासमिति संयोजक रामजी थापाले समितिको प्रतिवेदन प्रस्तुत गर्दै सदस्यको सुविधाका लागि ३६५ दिनै काउण्टर खुल्ला गरी सेवा प्रदान गर्न सुझाव दिएका थिए । 

IMG_1536.JPG