शुक्रबार, कार्तिक ७ गते २०८३

होम साकोसको अध्यक्षमा पुनः मर्हजन

पौष २६, २०७८ सोमबार
होम साकोसको अध्यक्षमा पुनः मर्हजन

 ललितपुरमा रहेको होम बचत तथा ऋण सहकारी संस्थाको तेह्रौ बार्षिक साधारण सभा भवनमा सम्पन्न भएको छ । साधारणसभा ललितपुर महानगरपालिका सहकारी शाखा अधिकृत चिरञ्जिवी पौडेलको प्रमुख आतिथ्यता एवं सहकारीका अध्यक्ष मुकुन्द महर्जनको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन सहकारीकी सचिव शोभना थापाले गरेकी थिइन।

साधारणसभाबाट थप ४ बर्षको लागि मुकुन्द महर्जन अध्यक्षमा  निर्वाचत गएका  छन् ।  महर्जनले  सहकारीलाइ प्रतिष्पर्धी बजारमा अझ चुस्तदुरुस्त बनाउँदै नयाँ तवरले सेवा प्रवाह गरि  अझ सशक्त रुपमा अघी बढ्ने बताए । संस्थालाई अहिलेको अवस्था सम्म ल्याउन सहयोग पुर्याउने सदस्य, कर्मचारी एवं शुभचिन्तकहरुमा हार्दिक कृतज्ञता समेत प्रकट गरे । 

271520552_3181167825499369_8881707752363538135_n.jpg

हाल संस्थामा ६ सय ४८ सदस्यहरु रहेका छन् भने आ.व ०७७–७८ मा ५ करोड ८१ लाख भन्दा बढी निक्षेप संकलन गर्न सफल भएको छ ।