हे, आफूलाई न्याय, समानता, मानवता र मानवअधिकारका अभियन्ता ठान्नेहरु !!!! छर्लङ्ग यस्ता दृष्यहरु देखिरहदा तिमिहरुको मुटुभित्र पीडा अनुभव हुदैन ?????

ज्याेतिलाल बन
दुई महिना पहिलेतिर भारतमा बाँधा बनाएर पाशविकतापूर्वक गराइएको श्रमका कारण सर्लाही चन्द्रनगरका ३ जना दलित श्रमिक मारिए । सोही श्रमकेन्द्रमा त्यसरी नै पाशविकतापूर्वक अत्याचार भोगिरहेका सयौं श्रमिक मरणासन्न अवस्थामा पु¥याइका छन् । यो एउटा उदाहरण मात्रै हो यसरी चरम अत्याचारमा पारिएका श्रमिहहरु (बढिजसो दलित) हजारौंको संख्यामा हुन सक्छन् ।
साउदीको आगोसरी घाममा होस वा भारतका फोहोर गल्लीहरुमा नेपाली श्रमिकहरु अधिकांश बाँधा वा बाध्यकारी अवस्थामा अत्यन्त निकृष्ठ र जोखिम प्रकारको श्रम गर्न बाध्य बनाइएका छन् । त्यतिमात्र हैन कतिपय महिला श्रमिकहरु आफ्नो अस्मिता लुटाउन समेत विवस छन् ।
आफ्ना रगत पसिना बगाएर राज्यको ढुकुटी भरिदिने श्रमजीवी जनताहरुमध्ये कतिपय एक हजार रुपैयासम्मको औषधी किन्न नसकेर अकालमा मरिरहेका छन् । तर कतिपय नेता नामका लुटेराहरुको उपचारका लागि यिनै जनताको रगत पसिनाबाट संकलित राज्यको ढुकुटीबाट करोडौं करोड निकासा हुदै आएको छ ।
तराई, पहाड र हिमाल सवै क्षेत्रका, कुल जनसंख्यामा लगभग २०% मध्ये लगभग ९०% भुमिहीन अवस्थामा रहेका, कथित ठुलाबडाहरुको निर्मम शोषण र अत्याचारमा परेका दलित, आदिवासी, सीमान्तकृत, अल्पसंख्यक तथा लोपोन्मुख समुदायका मानिसहरु जाडोले कठ्याङ्ग्रीयर, राम्रो ओत भएको आवास नपाएर र पेटभरी खान नपाएर कतिपय मरिसके, कतिपय मरणासन्न अवस्थमा छन् ।
कतिपय महिलाहरुमाथि पाशविक बलत्कार तथा हत्याका घटनाहरु प्रायः दिनहु घटिरहेका छन् । यस्ता अपराधीहरुमाथि कडा कार्बाही नगरिएकै कारण यस्ता अपराधकर्महरु झन बढी प्रोत्साहति बनिरहेका छन् ।
बैध र अवैध दुबै किसिमले अकुत सम्पति थुपारेका कतिपय कथित नेता, मन्त्री, ठूला सरकारी अधिकारीहरु, संवैधानिक पदाधिकारीहरु, उद्योगी, व्यवसायी, ठेकेदार आदि सवै खाले धन्याड्यहरुले नै यो देशको अधिकांश उर्बरक र शहरबजारका अति मूल्यवान भूमिमा आवश्यकताभन्दा कैयौं गुना बढी क्षेत्रफलमा आफ्नो स्वामित्व जमाई रहेका छन् । तर यो देशको कुल जनसंख्यामध्ये गरीब किसान (जस्लाइ अफ्नो भूमिको उब्जनीबाट सरदर ४ महिनाभन्दा बढी खान पुग्दैन) र भूमिहीन कृषिश्रमिकहरु समेत गरी लगभग ४०% जनसंख्या खेती गरी खाने न्यूनतम आवश्यक भूमि नभएकै कारण जीवीकाको खोजीमा अनेकौं देश विदेश भौतारिन विवस छन् ।