शुक्रबार, कार्तिक ७ गते २०८३

कपोलकल्पित र भ्रामक समाचारप्रति प्रतिभा बहुद्देश्यीय सहकारीको आपत्ति

पौष २२, २०७८ बिहीबार
कपोलकल्पित र भ्रामक समाचारप्रति प्रतिभा बहुद्देश्यीय सहकारीको आपत्ति

प्रतिभा बहुउद्देश्यीय सहकारी संस्थाले विगत केहि दिन अघिदेखि संस्थाका बारेमा एक अनलाईन न्यूज पोर्टनमा कपोकल्पित एवं भ्रामक समाचार प्रकाशित भएको भन्दै आपत्ति एवं खेद प्रकट गरेको छ ।

आधिकारिक धारणा नसमेटी एकतर्फीरुपमा व्यक्तिगत चरित्रहत्या गर्ने र समग्र सहकारी क्षेत्रकै बदनाम गर्ने बदनियतपूर्वक आएको भ्रामक समाचार ‘सुनियोजित’ हुन सक्ने संस्थाले जनाएको छ ।

' रिपब्लिका दैनिक ' नामक अनलाईन न्यूज पोर्टलले त्यसप्रकारको समाचार प्रकाशित गरेकोप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको संस्थामार्फत् प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

काल्पनिक तवरले रचिएको विषयहरुलाई मनगढन्ते रुपमा समाचार बनाइ संस्थाको छवि धुमिल्याउने तथा सदस्यहरुको बद्नामी गर्न सम्प्रेषित समाचार अत्यन्तै खेदजनक भएको संस्थाले जनाएको छ ।

समाचारमा संस्थासँग जोडिएर उठको विषयमा स्पष्ट पार्दै विज्ञप्तिमा भनिएको छः

  • यस सहकारी संस्था बहुउद्देश्यीय प्रकृतिको सहकारी संस्था भएकोले बहुआयामिक परियोजना सञ्चालनको लागी ललितपुरको लेलेमा यसै सहकारी संस्थाको नाममा ललितपुर मालपोत कार्यालय लगनखेलमा सहकारी संस्थाको नाममा दर्ता रहेको व्यहोरा जानकारी गराउँदछौं । उक्त जग्गा समाचारमा लेखिए जस्तो संस्थाको कार्यकारी अध्यक्षको नाममा नरहेको प्रस्ट पार्न चाहन्छौं ।
  • सहकारी संस्थाको बारेमा समाचार आईसकेपछि फेसबुकको कम्मेन्टमा संस्थाले पैसा दिएन भनेर कम्मेन्ट गर्ने सदस्य शसिधर न्यौपानेले १ एक लाख पचास हजार  गायब भएको बिषयमा संस्थामा रहेको रेकर्ड अनुसार निज न्यौपानेले बिभिन्न समयमा चार पटक चेक बाट सटही भएको देखिन्छ र उक्त चेकको राष्ट्रिय बिधि बिज्ञान प्रयोगशाला विकास समिति, खुमलटार ललितपुरमा परिक्षण गर्नको लागि मिति २०७८।०९।१५ गते संस्थाले सम्पूर्ण प्रक्रिया पुरा गरी निज न्यौपानेलाई बोलाउँदा आनाकानी गरी संस्थाको सम्पर्कमा नआएको कुरा प्रष्ट पार्न चाहन्छौं । निज न्यौपानेले २०६८ सालमा गरेको कारोवारको १० बर्ष पछि फेसबुकमा रकम हरायो भनी कम्मेन्ट गर्नुले निजको नियत नै संस्थाको बद्नामी गर्ने रहेको प्रष्ट देखिन्छ । साथै उक्त समाचारको कमेन्टमा मेरो ७५ हजार हरायो भन्ने ब्यक्ति कृष्ण सापकोटा यस सहकारी संस्थामा आजका मिति सम्म पनि हाम्रो संस्थामा सदस्य नै नरहेको प्रष्ट पार्न चाहन्छौं ।
  • उक्त अनलाईन पत्रिकाले प्रतिक्रिया लिनका लागि सम्पर्क गरेको भनी यस संस्थाको प्रमुख व्यवस्थापक हाल यस संस्थामा कार्यरत नरहेको र वस्थापकसंग सम्पर्क  गर्नको लागि रिसेप्सनमा फोन गरेको तर कल ट्रान्सफर गरी व्यवस्थापकले फोन उठाउँदा उक्त पत्रिकाले फोन राखिसकेकोले संस्थाको आधिकारिक व्यक्तिको भनाई नसमेटी एकपक्षीय समाचार प्रकाशित गर्नुले उक्त मिडियाको नियत पनि प्रष्ट हुन्छ कि, उक्त  अनलाइन समाचार कसैबाट निर्देशित भई संस्थाको बद्नाम गर्ने हेतुले समाचार लेखिएको प्रष्ट हुन्छ ।

संस्थाका अध्यक्ष माधव तिमल्सिनाले यस्ता भ्रामक समाचारप्रति बिचलित एवं भ्रमित नभई एक ढिक्का भएर यस्ता प्रवृतिलाई परास्त गर्ने जनाए ।  सञ्चारकर्मी तथा अनलाइन सञ्चारमाध्यमहरुलाई सत्यतथ्य एवं आधिकारिक समाचारमात्र प्रकाशित गरिदिन उनले अपील गरे ।

b.jpg