शनिबार, आश्विन १७ गते २०८३

सानिमा बैंक अब धादिङ्गको मलेखुमा 

पौष २१, २०७८ बुधबार
सानिमा बैंक अब धादिङ्गको मलेखुमा 


सानिमा बैंकले धादिङ्गको मलेखुमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका संचालक बलराम पराजुली र ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय  मदन कृष्ण श्रेष्ठ र  हरिवंश आचार्यले संयुक्त रुपमा गरेका थिए । 

समारोहमा मह जोडीले धादिङ्गको मलेखुमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यसैगरी सानिमा बैंकका संचालक  पराजुलीद्वारा बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । बैंकको देशका सातै प्रदेशमा ११९ कार्यालय र ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।