शनिबार, आश्विन १७ गते २०८३

धान उत्पादन घट्यो

पौष १९, २०७८ सोमबार
धान उत्पादन घट्यो

 चालु आर्थिक वर्ष २०७८ / ७९ मा धान उत्पादनमा कमी आएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको अनुसार धान उत्पादन यसपटक पाँच वर्षयताकै सबैभन्दा कम भएको हो। गत वर्षको तुलनामा यसवर्ष बढ्ने अनुमान गरे पनि धान थन्क्याउने बेलामा वर्षा र हावाहुरीका कारण क्षति पुग्दा उत्पादनमा कमी आएको हो ।

मन्त्रालयले  सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७ /७८ को तुलनामा चालू आवमा धान उत्पादनमा ८.७४ प्रतिशतले कमी आएको छ। चालु आवमा ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको छ भनेआवको उत्पादन ५६ लाख २१ हजार मेट्रिक टन थियो। यस्तै आव २०७६ /७७ मा ५५ लाख ५० हजार ८७८, आव २०७५ /७६ मा ५६ लाख १० हजार र २०७४ /७५ मा ५१ लाख ५१ हजार ९२५ मेट्रिक टन उत्पादन भएको थियो।

मन्त्रलायका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, कपिलवस्तुलगायत विभिन्न जिल्लामा बैमौसमी वर्षाले किसानको धानमा क्षति पुर्याउदा समग्र राष्ट्रिय धान उत्पादनमा कमी आएको हो। यसवर्षको बेमौसमी वर्षाले मुलुकभरका एक लाख ११ हजार ६०९ हेक्टरमा लगाइएको चार लाख २४ हजार ११३ टन धानबालीमा क्षति पुर्याएको मन्त्रालयले जनाएको छ।