शुक्रबार, कार्तिक ७ गते २०८३

हसना भास्तिपुर साकोसको १३ औँ साधारण सभा सम्पन्न,विभिन्न विधामा उत्कृष्ट हुनेलाई सम्मान

पौष १९, २०७८ सोमबार
हसना भास्तिपुर साकोसको १३ औँ साधारण सभा सम्पन्न,विभिन्न विधामा उत्कृष्ट हुनेलाई  सम्मान

हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाको १३ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नारायण कृष्ण महर्जनको सभापतित्व एवं बागमती प्रदेश खानेपानी, उर्जा तथा सिचाई मन्त्री बशन्त प्रसाद मानन्धरको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभामा अध्यक्ष महर्जनले आर्थिक वर्ष ०७७ /०७८को बार्षिकप्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका कोषाध्यक्ष राजमान महर्जनले आर्थिक प्रतिवेदन तथा लेखासमितिका संयोजक राजकुमार महर्जनले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । 

संस्थाले गत आबको असार मसान्तसम्म ६ करोड ३६ लाख १९ हजार  शेयर पूँजी,१अर्ब,२१ करोड १४ लाख १८ हजार रुपैयाँ बचत संकलन र १ अर्व ३३ करोड ३१ लाख ४६ हजार ऋण लगानी गरेको छ । त्यस अबधिमा संस्थाको कुल वासलात १ अर्ब, ५५करोड,७६ लाख ९६ हजार पुगेको छ । संस्थाले  गत आबमा १ करोड, २५ लाख ७७ हजार नाफा गरेको छ । 

270179602_687348615626109_189357458949166596_n.jpg

सभामा एसइइमा उत्कृट अंक ल्याउने १५ विधालयका छात्र छात्रालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा बलम्बु मा.बि.का छात्र रबिन बस्नेत ,मंगलखोय मा.बि.का छात्रा अस्मिता घर्ती मगर,बिद्यामन्दिर मा.बि.का छात्र सौरभ नेपाल,मंगल मा. बि.का छात्रा अनुसा अधिकारी, श्रीकृण्ण मा.बि.का छात्र सन्तोष तामाङ्ग, श्री भिम उच्च मा.बि. का छात्रा शिवाम्सु कुवर, चण्डिका देवी मा.बि.का छात्रा निकिता तामाङ्ग,चुनदेवी मा.बि.का छात्र सचिदानन्द मिश्र,प्रभात मा.बि.का छात्रा स्वेता लामा,जनकल्लयाय मा.बि. का छात्रा सुदिक्षा सिहं ,जन विकास मा. बि.का सुजन पाख्रिन, नारायण जण मा.बि. का छात्रा इनिसा राहुत,बिण्णुदेवी मा.बि. का छात्रा आशा दर्जी र  बिण्णुदेवी शिक्षा सदन मा.बि.का छात्रा पुजा थिङ्ग रहेका छन् । 

270008210_335061661795733_8513869639260913457_n.jpg

सभामा उत्कृष्ट कारोवारी सदस्य तर्फ टौखल सेवा केन्द्रबाट सुरेन्द्र महर्जन,बाल कुमारी महर्जन,बलम्बु सेवा केन्द्रबाट दिपेन्द्र श्रेष्ठ ,सानु नानु श्रेष्ठ र मुख्य कार्यालयबाट अमर बहादुर काठ्यात र यसना श्रेृष्ठलाई नगद र ट्रफिले सम्मान गरिएको थियो । त्यसैगरि बलम्बुमा रहेको आठ वटा बाजा खलःलाई समेत सो अबसरमा सम्मान गरिएको थियो । गोलाप्रथाबाट  भाग्यशाली उपहार अन्तर्गत १/१जनालाई दुबई,पाथिभरा र कालिन्चोकको भ्रमण गराउने भएको छ ।

संस्थाले बर्षभरि रक्तदान तथा विभिन्न सामाजिक कार्य गरेको र सदस्यहरुलाई सहकारी शिक्षा तालिम लगायतका कार्यलाई निरन्तरता दिने जनाएको छ । त्यसैगरी संस्थाले जेष्ठ सदस्यलाई तिर्थ भ्रमण गराउने गरेको जनाएको छ । सभामा विभिन्न क्षेत्रका ब्यक्तीहरुले शुभकामना मन्तब्य राखेका थिए । पछिल्लो समय संस्थाले न्हुँजला र गोर्खाभूमि दुईवटा बचत तथा ऋण सहकारी एकिकरण गरिएको जनाइएको छ । सभामा नरीज नकर्मीले स्वागत मन्तव्य राखेका थिए ।

269969047_952092719072737_640638144966255648_n.jpg