संचित बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाइ मिठाई बनाउने तालिम दिइएको छ । संस्थाको महिला उपसमितिकोे आयोजनामा एक दिने तालिम आयोजना गरेको संस्थाले जनाएको छ । संस्थाको आफ्नै भवनमा आयोजना गरिएको तालिममा २६ जनाको सहभागिता रहेको संस्थाले जनाएको छ ।
महिला सदस्यहरुमा सिप विकास गरि उनीहरुलाई आर्थिक रुपमा सबल बनाउने उदेश्यले तालिमको आयोजना गरिएको संस्थाले जनाएको छ । संस्थाले समय -समयमा सदस्यहरुलाई लक्षित गरि विभिन्न प्रकारका सिपमुलक तालिमको आयोजना गर्दै आएको छ।
