शुक्रबार, कार्तिक ७ गते २०८३

हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा मीनबहादुर शाही

पौष १८, २०७८ आइतबार
हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाको  अध्यक्षमा मीनबहादुर शाही

हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाको निर्वाचन सहितको १४ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले मीनबहादुर शाहीको अध्यक्षतामा ७ नयाँ संचालक समिति चयन भएको छ ।

समितको उपाध्यक्षमा पदमराज भट्ट, सचिवमा धर्मराज ओझा तथा कोषाध्यक्षमा पार्वता खड्का निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी संचालक समितिको सदस्यमा राकेश सिंह, रामेश्वर लामिछाने र डबलबहादुर बोहरा चयन भएका छन् ।

सभाले लेखा सुपरिवेक्षण समितिको संयोजकमा सञ्जु श्रेष्ठ तथा सदस्यहरुमा कमलप्रसाद नेपाल र सूर्यमान श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

सभामा संस्थाका अध्यक्ष मीनबहादुर शाहीले संस्थाको आर्थिक वर्ष ०७७र०७८को बार्षिक प्रतिवेदन,लेखा समितिका संयोजक सञ्जु श्रेष्ठले लेखा प्रतिवेदन तथा कार्यकारी निर्देशक हरीहर भण्डारीले संस्थाको आयब्यय बिबरण प्रस्तुत गरेका थिए ।

संस्थाले ३ करोड ६५ लाख सेयर पूँजी, २५ करोड २३ लाख ७७ हजार निक्षेप तथा ३० करोड ९० लाख ८७ हजार रुपैयाँ ऋण लगानी गरेको जनाइएको छ ।

सभाले सदस्यलाई ९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । संस्थाले आफ्नै भवन निर्माणकार्यलाई अघि बढाएको जनाएको छ । सभामा ७० वर्ष माथिका दुईजना सदस्यलाई सम्मान गरिएको छ ।

त्यसैगरी उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी तथा उत्कृष्ट कारोबार गर्ने सदस्यलाई सम्मान गरिएको छ । त्यसैगरी सभामा एसइइमा उत्कृष्ट अंक प्राप्त गर्ने सदस्यको छोरा छोरी र उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको छ ।