शनिबार, कार्तिक ८ गते २०८३

सन्दर्भ ब्याजदर पुनरावलोकनको टुंगो लागेन, २१ गते अर्को बैठक बस्दै

पौष १५, २०७८ बिहीबार
सन्दर्भ ब्याजदर पुनरावलोकनको टुंगो लागेन, २१ गते अर्को बैठक बस्दै

 

सहकारीको सन्दर्भ ब्याजदर निर्धारणका लागि बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ । सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको आज बसेको बैठक आधारहरुको विश्लेषण गर्न बाँकी रहेकाले बिना निष्कर्ष टुंगिएको सहकारी विभागका उपरजिष्ट्रार एवं प्रवक्ता टोलराज उपाध्यायले जानकारी दिए । 

ब्याजदर बढाउनको लागि आधार नपुगेर त्यसको थप अध्ययन गरेर पौष २१ बस्ने बैठकले टुंगो लगाउने उनको भनाई ।  सहकारी अभियान, अर्थ मन्त्रालय र राष्ट्र बैंकका प्रतिनिधिहरुको सुझावलाई एकमुष्ट गरी बजारलाई कसरी सहज बनाउन सकिन्छ त्यसैअनुरुप सन्दर्भ ब्याजदर तोकिने उनले बताए । 

ब्याजदर समग्र अर्थतन्त्रसँग जोडिने भएकाले यसको निर्धारण गर्न आफैंमा चुनौतिपूर्ण रहेको उनको भनाई छ । सहकारीको बचत अन्यत्र गएको हो वा समग्र अर्थतन्त्रमा नै समस्या रहेको हो त्यो भने अनुसन्धानकै विषय रहेको उपाध्यायको तर्क छ । 

यता वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाउँदा सहकारीहरुलाई समेत चाप परेकाले सन्दर्भ ब्याजदर परिमार्जन भए सदस्यहरुलाई दिने बचतको ब्याज बढाइ सहकारीको पैसा सहकारी क्षेत्रमा नै रहने अवस्था बन्ने सहकारीकर्मीहरुको भनाई रहेको छ । उनीहरुले यथाशक्य छिटो ब्याजदर पुनरावलोकन गर्न आवाज उठाउँदै आएका छन् ।