राष्ट्रिय सहकारी बैंकको १८ औं वार्षिक साधारणसभा भोलिबाट शुरु हुने भएको छ । बैंकले सात वटै प्रदेशमा भौतिक रुपमा साधारण सभा गरी सदस्य संघसंस्थाबाट प्राप्त सल्लाहसुझावलाई समेटेर आगामी पौष ३० गते ईकाइ प्रतिनिधिहरुको सहभागिता सभा समापन गर्ने जनाएको छ ।
बैंकले साधारणसभामो पूर्वसंन्ध्यामा पत्रकार सम्मेलन गरी पौष १६ गते देखि पौष २८ गते सम्म प्रादेशिक सभा गर्ने र ईकाइ प्रतिनिधिहरुको सहभागितामा पौष ३० गते सभा सम्पन्न गर्ने निर्णय भएको अध्यक्ष के.बी. उप्रेतीले जानकारी दिए । पौष १६ गते धनगढी, १८ गते सुर्खेत, २० गते बुटवल, २२ गते पोखरा, २४ गते काठमाण्डौ उपत्यका, २६ गते जनकुर र २८ गते बिराटनगरमा ईकाइगत सभा हुने उनले जानकारी दिए । ईकाइगत रुपमा सभा हुने भएकाले संस्थाहरुसँग व्यापक रुपमा छलफल गरी उनीहरुबाट प्राप्त सल्लाहसुझावलाई समेत समेटेर बैंक अगाडि बढ्ने उप्रेतीको भनाई छ ।
प्रदेशगत रुपमा सभा आयोजना गरिएकाले सदस्यहरुको सहभागिता बढाउने, साधारण सभालाई थप पारदर्शी बनाउने र साधारण सभाको प्रभावकारिता बढ्नेमा समेत बैंक विश्वस्त रहेको छ ।
बैंकले वार्षिक प्रतिवेदन विद्युतियकपी बैंकको वेबसाइट, आधिकारिक सामाजिक सञ्जालहरुबाट तथा क्यूआर कोड स्क्यान गरी पढ्न सकिने व्यवस्था मिलाएको छ । कोभिड–१९ र त्यस पछि देखा परेको नयाँ भेरिएन्टहरुको सन्त्रास हाल सम्म पनि कायम रहेको यस समयमा सहकारीका मूल्य, मान्यता तथा सिद्धान्तहरुलाई कायम राख्नका लागि सदस्यहरुको पूर्ण र सहज सहभागिता सहित पहिलो पटक एकाईहरुमा भौतिक उपस्थितिमा साधारणसभा गर्दा धेरै भन्दा धेरै प्रतिनिधिहरुको उपस्थिति हुने विश्वास बैंकको छ । साधारणसभामा २०७८ कार्तिक ९ गते सम्म सदस्यता लिएका १४ हजार १ सय ५२ सदस्य सहकारी संघ÷संस्थाहरुले मात्र सहभागिता जनाउन पाउनेछन् ।
बैंकका सञ्चालक केदार मानन्धरले विनियमको व्यवस्था बमोजिम ३ अर्बभन्दा बढि शेयर लिन नपाउने भएको भएकाले साधारणसभामार्फत विनियम संशोधन गरी बैंकको शेयर पुँजी ८ अर्ब पु¥याउने बताए ।
बैंकका सञ्चालक रामहरि बजगाईंले सदस्य संस्थाहरुमा तरलता अभाव परे सहयोग गर्न बैंकले २ अर्बको तरलता व्यवस्थापन कोष खडा गरेको जानकारी दिए । त्यसैगरी बैंकका सञ्चालक सरिता भट्टराईले संस्थाहरुको स्तरोन्नतिका लागि स्तर परीक्षण गरी स्तरीकरण कार्यक्रम सञ्चालनमा ल्याएको बताइन् ।
हाल बैंकले सहकारी क्षेत्रमा पहिलो पटक नेपाल लेखामान मापदण्ड(एनएफआरएस) अनुसार वार्षिक प्रतिबेदन तयार गरी सार्वजनिक गरेको छ र यसले थप वित्तिय पारदर्शिता दर्शाउने छ । साथै बैंकले गत आ.व.मा साविकमा रहेको ४४ वटा शाखालाई ५४ प्रतिशतले वृद्धि गरि ६८ वटा शाखा कार्यालय पुर्याउन सफल भएको जनाएको छ । बैंकले सहकारी र प्रविधिविच काम गर्न बैंकको डिजिटल बैंकिंग युनिट तयार गरि कार्य अगाडी बढाएको छ, बैंकमै सीबिएस स्तरोन्नति गर्ने, कर्जा व्यवस्थापन सफ्टवेयर कार्यान्वयनमा ल्याउने, एमआइएसद्वारा स्वचालित कार्य प्रणाली गराउन सुरुवात गरेको उल्लेख छ ।
सहकारी क्षेत्रको आकर्षण रहेको संरक्षित पुंजी फिर्ता कोषको रकम बैंकले आफ्ना सदस्यहरुलाई निरन्तर प्रदान गर्दै आईरहेको र संरक्षित पुंजी फिर्ताकोषवाट गत आ.व.मा बैकका बचत र कर्जा कारोवार गर्ने १२,०४६ वटा सहकारी संघ÷संस्थाहरु लाभान्वित भएका छन, जसमा ५० हजार भन्दा बढी प्राप्त गर्ने ५२२ सहकारी संस्था रहेका छन् । सहकारीहरुको स्तर निर्धारण र सहकारीमा गुणस्तरीय सेवाको निरन्तरताको लागि स्तरीकरण कार्यक्रम अगाडी बढाइएको र गत आ.व.को अन्त्य सम्ममा ७० संस्थाहरुमा सम्झौता गरि कार्य अगाडी बढाइएको उल्लेख छ ।
बैंकले आ.व २०७७÷०७८ मा शेयर पूँजी २ अर्ब ८७ करोड, ६६ अर्ब ३४ करोड निक्षेप संकलन गरी ३५ अर्ब ९१ करोड कर्जा प्रवाह गर्दै कुल ७१ अर्ब ६८ करोड कारोवार गर्न सफल रहेको छ ।
आ.व. २०७८÷०७९ मा शेयर पुँजी ३ अर्ब ५० करोड, निक्षेप संकलन ७८ अर्ब १ करोड, कर्जा लगानी ४९ अर्ब भन्दा बढी गरी ८६ अर्ब १७ करोड भन्दा बढीको कुल कारोवार गर्न लक्ष्य लिएको छ ।
१४ हजार भन्दा बढी सहकारी संघ÷संस्थाहरुलाई आबद्ध गराई ६८ वटा शाखा कार्यालयहरु मार्फत बैकिङ्ग सेवा पु¥याउँदै बैंकमा आबद्ध सहकारी संघ÷संस्थामार्फत ४० लाख भन्दा बढी जनतालाई प्रत्यक्ष–परोक्ष रुपमा बैंकले सेवा प्रदान गरिरहेको जनाएको छ ।