शुक्रबार, कार्तिक ७ गते २०८३

श्री महिला तरकारी व्यवसायी साकोसको सभा सम्पन्न

पौष १३, २०७८ मंगलबार
श्री महिला तरकारी व्यवसायी साकोसको सभा सम्पन्न

 

कालिमाटी तरकारी बजारमा रहेको श्री महिला तरकारी व्यवसायी बचत तथा ऋण सहकारी संस्थाको १३औं साधारणसभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष तारा रेग्मी मगरको सभापतित्व एवं काठमाण्डौ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो । 

सभामा बोल्दै संस्थाकी अध्यक्ष मगरले २०६५ सालमा स्थापना भएको सहकारी संस्थाले हालसम्म आउँदा उल्लेख्य फड्को मार्न सकेको बताइन् । सहकारी मुल्यमान्यता अनुरुप विभिन्न रणनीति तथा योजना अवलम्बन गरी महिला सदस्यहरुको आर्थिक उन्नतिमा टेवा पु¥याउँदै जाने र आगामी दिनमा सदस्यलाई दिने सेवाहरु समेत थप गर्दै जाने उनले बताइन् । 

shree tarkari mahila agm khadgi.jpg

संस्थाकी सचिव मेनुका नेपालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै यस आर्थिक वर्षमा सञ्चालक समिति र कर्मचारीहरको क्षमता अभिवृद्धि तालिम आयोजना गर्ने, सहकारी शिक्षा, स्वास्थ्य शिविर आयोजना, सीपमुलक तालिम दिइ उद्यमशील बनाउने र कृषि क्षेत्रलाई प्राथमिकता दिइ समुहमार्फत लगानी गर्ने बताइन् । संस्थाकी कोषाध्यक्ष गोमा रिजालले आ. व. २०७७। ७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शेयरपुँजी १ करोड ६८ लाख ८४ हजार, बचत १३ करोड ५६ लाख र ऋण लगानी १५ करोड ६२ लाख ऋण प्रवाह गरी १८ करोड ३६ लाख कुल कारोबार पुगेको बताइन् । संस्थाकी लेखा समिति संयोजक सावित्री पौडेलले समितिको प्रतिवेदन प्रस्तुत गर्दैै संस्थाले सदस्यहरुलाई बचत संकलन र ऋण प्रवाहको माध्यमबाट सेवा प्रदान गरेको बताइन् ।

संस्थाले एकल तथा ज्येष्ठ सदस्यलाई सम्मान गर्नुका साथै सदस्यहरुलाई विभिन्न शीर्षकमा राहत उपलब्ध गराउँदै आएको छ । संस्थाले बढिमा १३ प्रतिशत ब्याजदरमा सदस्यलाई ऋण प्रदान गर्दै आएको छ । 

shree tarkari mahila agm mahila.jpg