शुक्रबार, कार्तिक ७ गते २०८३

भ्रामक प्रचारको पछि नलाग्न प्रतिभा बहुउद्देश्यीय सहकारीको अपील

पौष १३, २०७८ मंगलबार
भ्रामक प्रचारको पछि नलाग्न प्रतिभा बहुउद्देश्यीय सहकारीको अपील

 

प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थाको आर्थिक तथा प्रशासनिक पक्ष सबल रहेको स्पष्ट पारेको छ । ललितपुर महानगरपालीका थसिखेलस्थित संस्थाका बारेमा भ्रामक प्रचारप्रचार भएको भन्दै त्यस्ता भ्रममा नपर्न सबै सेयर सदस्यलाई निश्चिन्त रहन आग्रह समेत गरेको छ । 

संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “केही दिनयाता यस सहकारी संस्थाबारे कपोलकल्पित एवम् भ्रम सिर्जना गर्ने गरी अनर्गल, प्रचार गरिएको छ, सम्पूर्ण सहकारी संस्थाका सदस्य तथा शुभचिन्तकहरूलाई त्यस्ता भ्रममा नपर्न अनुरोध छ ।” 

विज्ञप्तिमा भनिएको छ, “सहकारी अभियानमा विगत २१ वर्षदेखि आफ्नो कार्यक्षेत्रमा १३ हजारभन्दा बढी सदस्यहरूमा आफ्नो सेवा प्रदान गर्दै सदस्यहरूको मन जित्न सफल यस संस्थाले आफ्ना सदस्यहरूको हकहित र लगानीलाई सुरक्षा सहितको प्रतिफल दिँदै आइरहेको यर्थाथता सबै सदस्यहरू, शुभचिन्तक तथा सम्बन्धित नियमनकारी निकायलाई अवगत नै छ ।”