शनिबार, आश्विन १७ गते २०८३

निजी क्षेत्रका समस्या समाधानमा सरकारको ध्यान गएको छैनः गोल्छा

पौष १३, २०७८ मंगलबार
निजी क्षेत्रका समस्या समाधानमा सरकारको ध्यान गएको छैनः गोल्छा

 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभाव कारण लयमा फर्किन थालेको अर्थतन्त्र फेरि सुस्ताउँदै गएकोमा उनले चिन्ता व्यक्त गरेका छन् । सोमबार बस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरुदाई स्वागत गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले सरकारले निजी क्षेत्रको समस्या समाधान गर्न खासै तदारुकता नदेखाएको आरोप लगाएका हुन् ।

निजी क्षेत्रको सहभागिता बिना देश समृद्ध नहुने कुरा सबै नेताले गर्ने गरेको तर पनि समस्या समाधान गर्न भने तदारुकता नदेखाएको आरोप उनको छ । 

अहिले देखिएको तरलता अभाव हटाउन सरोकारवाला सबैसँग छलफल अगाडि बढाइएको समेत जानकारी दिए । कोरोनाका कारण थला परेको व्यापार, मनोरञ्जन, पर्यटन, साना तथा मझौला उद्योगलाई कसरी सहजिकरण गर्ने भन्ने बारे अर्थ मन्त्रालयलाई आग्रह गरिएको उनले बताए । 

अध्यक्ष गोल्छाले महासंघले तयार परेको भिजन पेपरमा निजी क्षेत्रसँग सम्बन्धित एक सय वटा समस्याहरु पहिचान भएको बताउँदै ती समस्या समाधान भए मुलुकभित्र लगानीको बातावरण बन्ने उल्लेख गरे । उक्त भिजन पेपरमा पहिचान भएका समस्या मध्ये आफ्नो कार्यकालमा ४४ वटा समस्या समाधान गर्न काम अगाडि बढाइसकेको उनले उल्लेख गरे ।