शनिबार, आश्विन १७ गते २०८३

सिजिटन्स बैंकको ८९औं शाखरहित सेवा सञ्चालनमा

पौष १२, २०७८ सोमबार
सिजिटन्स बैंकको ८९औं शाखरहित सेवा सञ्चालनमा

 

सिटिजन्स बैंक इन्टरनेसनलले नवलपरासी जिल्लाको सुनवल नगरपालिका, जर्गाहामा शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । बैंकको ८९औं शाखारहित  सेवा संचालनका लागि स्थानीय व्यवसायी लक्ष्मण आचार्यलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

बैंकले आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र ८९ वटा शाखा रहित बैंकिङ्ग ईकाइबाट करिब १२ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।