इष्टर्न स्टार कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष यशोदा राईको सभापतित्व एवं राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।
शनिबार विराटनगर स्थित बिग होटलमा एक कार्यक्रमको आयोजना गरिएको सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष राईले हालसम्म शेयर पुँजी ३ करोड २० लाख ८८ हजार पाँच सय, निक्षेप १४ करोड ३ लाख ७६ हजार सात सय ३३ रुपैँया रहेको छ जानकारी दिइन् । संस्थाले सो अवधिमा १ करोड ९१ लाख १५ हजार नाफा आर्जन गरेको छ ।
कार्यक्रममा उत्कृष्ट कर्मचारीको रुपमा सविन कपाडीलाई पुरस्कृत गरिएको थियो । संस्थामा उत्कृष्ट कार्य गरेको भन्दै कपाडी नगद एकलाख सहित सम्मानपत्रले सम्मानित गरिएको हो । कृषि क्षेत्रमा काम गर्ने मुख्य उद्देश्यकासाथ स्थापना भएको सहकारीले आफ्ना शेयर सदस्यलाई कृषि सम्बन्धित आधुनिक तथा प्राविधिक तालिम दिँदै आएको छ ।
कृषकसदस्यहरुमाझ ऋण लगानी गरी उनीहहरुको उत्पादनलाई बजारीकरणमा समेत संस्थाले सघाउ पुर्याउँदै आएको छ । संस्थाले १३८ वटा कृषि हित लघु समुह निर्माण गरेको उक्त संस्थामा ५ सय ५६ जना शेयर सदस्यहरु रहेका छन् ।
सभामा विभिन्न विधाका विशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो ।