बुधबार, भाद्र ३ गते २०८३

लालीगुराँस बहुउद्देश्यीयको २२औं वार्षिक साधारणसभा, १२ प्रतिशत लाभांश पारित

पौष ११, २०७८ आइतबार
लालीगुराँस बहुउद्देश्यीयको २२औं वार्षिक साधारणसभा, १२ प्रतिशत लाभांश पारित

 

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको २२औं वार्षिक साधारणले १२ प्रतिशत लाभांश पारित गरेको छ । संस्थाले गत वर्षको नाफा बाट सदस्यहरुलाई १२ प्रतिशत लाभांश दिने भएको हो । 

संस्थाका अध्यक्ष अमरदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा उनले सहकारीले गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतिको बारेमा जानकारी गराएका थिए ।

उनले संस्था नेपालको समग्र सहकारी बजारमा कुल कारोबार, चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, नेपाल सरकारलाई राजश्वमा गरेको योगदान, रोजगारी लगायत अन्य विविध क्षेत्रमा गरेको उल्लेखनीय कार्यहरूमा समेत अग्रणी स्थान लिन सफल रहेको बताएका थिए ।

कार्यक्रममा संस्थाका सचिव एवं प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशभर संचालित करिब ३४ हजार सहकारी मध्ये लालीगुराँस बहुउद्धेश्यीय सहकारी उत्कृष्ट संस्थाको रुपमा पहिचान बनाउन सफल रहेको बताएका थिए ।

संस्थाका करिब २२ हजार सदस्य पुगेका छन् । संस्थाले आफ्नो लगानीमा चितवनको खैरहनीमा देशकै सर्वाधिक ठूलो गाई फार्म “श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर” संचालन गरेको छ । संस्थाले गतवर्षदेखि ललितपुर गोदावरीमा “श्री लालीगुराँस दुग्ध प्रशाेधन उद्योग” समेत संचालन गरेको छ ।

संस्थाले छिटै काठमाडौको नयाँ बजार, महाराजगंज, ललितपुरको कुमारीपाटी, चितवनको भरतपुर, कास्कीको पोखरा, गोरखाको सिरानचोक र मकवानपुरको हेटौंडामा सदस्य सुविधा काउण्टर संचालन गर्ने तयारी गरेको जानकारी दिएको छ । साधारण सभामा संस्थाका सर्वोत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।