बालकुमारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठ उत्कृष्ट सहकारीकर्मीका रुपमा सम्मानित भएका छन् । जिल्ला सहकारी संघ लि. भक्तपुरले आज २३औं वार्षिक साधारणसभाको अवसरमा उनलाई आ.व. २०७७।७८ को उत्कृष्ट सहकारीकर्मीका रुपमा सम्मानित गरेको हो । जिल्ला सहकारी संघका अध्यक्ष केदार खड्काकाे सभापतित्वमा भएकाे कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य महेश बस्नेतले श्रेष्ठलाई दोसल्ला तथा सम्मानपत्र प्रदान गरेका थिए ।
२०५७ सालमा बालकुमारी साकाेसबाट सहकारीमा प्रवेश गरेका श्रेष्ठ १६ वर्ष साेही संस्थाकाे सचिव र विगत ३ वर्षदेखि अध्यक्षकाे रूपमा रहेका छन् । सहकारीका अलावा रेडक्रसलगायत थुप्रै सामाजिक संघसंस्थामा संलग्न रहेर उनले सामाजिक सेवा समेत गर्दै अएका छन् ।