शनिबार, आश्विन १७ गते २०८३

लक्ष्मी बैंकको लाभांश पारित, ८ प्रतिशत बोनस ३.५ प्रतिशत नगद

पौष ९, २०७८ शुक्रबार
लक्ष्मी बैंकको लाभांश पारित, ८ प्रतिशत बोनस ३.५ प्रतिशत नगद

 

लक्ष्मी बैंक लिमिटेडको एक्काइसौं वार्षिक साधारण सभाले बैंकको चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु ११ अर्ब ५५ करोड पुगेको छ । 

साधारण सभाले आर्थिक वर्ष २०७७।७८ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । 

आ.व. २०७७।७८ मा रु ११७ अर्ब निक्षेप र रु १०८ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु १५२ अर्ब रहेको छ । सो आ.व. मा बैंकले १ अर्ब ५७ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।