नेपाल राष्ट्र बैंकले ५२ अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको निवेदनअनुसार स्वीकृत गरेको ५२ अर्ब पुनर्कर्जा रकम बजारमा पठाउन लागेको उलेख्य गरेबको छ ।
राष्ट्र बैंकका अनुसार ९२ अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको र उक्त रकममध्ये ५२ अर्ब यसै साता बजारमा पठाउन लागिएको हो । पुनकर्जा स्वीकृत गरेको रकममध्ये ५२ अर्ब यही साता र बाँकी ४० अर्ब पुस महिनाभित्र बैंक तथा वित्तीय संस्थामा पठाइ सक्ने बताईएको छ । बजारमा देखिएको तरलता व्यवस्थापनमा यसले केहि मात्रामा सहयोग पुग्ने देखिएको छ ।