राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले खोटाङ्ग जिल्लाको रावावेशी गाउँपालिका वडा न.१ हरमटार स्थित २५७औं शाखा कार्यालय रावावेशी विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले शाखाको उद्घाटन गरेका हुन् ।
उक्त अवसरमा माननीय माधवप्रसाद रेग्मीले नेपाल सरकारको स्थानीय तहमा बैंकिङ्ग पहुंच पुर्याउने उद्धेश्य अनुरुप सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेकोमा खुशी लागेको बताउदै पालिकाको समग्र विकासमा बैंकको महत्वपूर्ण भूमिका हुने जनाए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको जनाए ।
बैंकको प्रदेश न. १ का प्रादेशिक प्रबन्धक दीपकराज न्यौपानेको सभापितत्वमा सम्पन्न भएको कार्यक्रममा खोटाङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहाल, रावावेशी गाँउपालिकाका अध्यक्ष लिलानाथ निरौला, दुधकोशी जलाशय युक्त जलविद्युतका प्रमुख बसन्त श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।