शुक्रबार, कार्तिक ७ गते २०८३

आर्थिक विकास मित्र साकोसको स्थापना दिवसमा रक्तदान कार्यक्रम

पौष ७, २०७८ बुधबार
आर्थिक विकास मित्र साकोसको स्थापना दिवसमा रक्तदान कार्यक्रम

आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाले १८औं स्थापना दिवस मनाएको छ । पाँचखाल नगरपालिका–४ मा रहेको संस्थाले रक्तदान आयोजना गरी स्थापना दिवस मनाएको हो । रक्तदान जीवनदान भन्ने नाराका साथ संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, काभ्रेले प्राविधिक सहयोग गरेको थियो । संस्थाले स्थापना दिवसकै सेरोफेरोमा स्वास्थ्य शिविर समेत आयोजना गर्ने तयारी गरेको संस्थाका प्रबन्धक ठाकुरनाथ अधिकारीले जानकारी दिए । पाँचखाल पोलिक्लिनिकसँगको समन्वयमा छातिसम्बन्धी शिविर आयोजना गर्न लागिएको उनले जनाए । 

aarthik bikas mitraa 2.jpg

२०६१ सालमा ३७ जना सदस्यबाट स्थापना गरिएको संस्थामा हालसम्म १२ हजार ६२३ सदस्य रहेका छन् भने कुल कारोबार ८० करोड रहेको छ । संस्थाको शेयरपुँजी ७ करोड २५ लाख, जगेडाका कोषहरुमा ७ करोड, बचत ४८ करोड र ऋण लगानी ६३ करोड रहेको छ । कार्यक्रममा संस्थाका अध्यक्ष सरोज सापकोटा, सञ्चालक समिति, कर्मचारी र सदस्यहरुको सहभागिता रहेको थियो । 

संस्थाले सदस्यहरुलाई बचतऋणका साथै गैरवित्तीय सेवा अन्तर्गत स्वास्थ्योपचा, पारिवारिक राहत, सुत्केरी खर्च, दुर्घटना बीमा र लघुबीमा जस्ता सुविधा दिँदै आएको छ । त्यसैगरी पशु, बाली बीमा कार्यक्रम, रासायनिक मल विक्री बितरण, रेमिट्यान्स र युटिलिटी पेमेन्ट लगायतका थुप्रै सेवा संस्थाले प्रदान गर्दै आएको छ । संस्थाले सदस्यहरुलाई सरल र सहज वित्तीय सेवा दिन मोबाइल बैंकिङ सेवा समेत सञ्चालनमा ल्याएको छ । समुदायमा आधारित संस्थाको रुपमा आर्थिक विकास मित्रले काभ्रे जिल्लामा छुट्टै पहिचान बनाउन सफल भएको छ ।