सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त हुनु भएका छन । बैंकको सञ्चालक समितिले पाण्डेलाई २०७८ माघ १२ देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
२०७० सालदेखि सानिमा बैंकमा कार्यरत पाण्डे असोज २०७८ देखि सानिमा बैंककै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी निभाउँदै आएका छन् । बैंकिङ्ग क्षेत्रमा २६ वर्ष लामोे अनुभव संगाल्नु भएका पाण्डे यस अघि नविल बैंकमा १८ वर्ष काम गरिसकेका छन् ।
कर्जाको विषयमा राम्रो विज्ञता राख्नुहुने उनले बैंकको प्रमुख जोखिम अधिकृत र प्रमुख कर्जा अधिकृतको जिम्मेवारी निभाइसक्नु छन् ।