शनिबार, आश्विन १७ गते २०८३

महालक्ष्मी विकास बैंंकको साधारण सभाले २१ प्रतिशतको लाभांश पारित गर्ने

पौष ६, २०७८ मंगलबार
महालक्ष्मी विकास बैंंकको  साधारण सभाले २१ प्रतिशतको लाभांश पारित गर्ने


 महालक्ष्मी विकास बैंक लिमिटेडकोे  सञ्चालक समितिको ५०६ औ बैठकको निर्णयानुसार पौष  २५ गते  बीसौं साधारण सभा सम्पन गने भएको छ । 
वार्षिक साधारण सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७/७८ को सञ्चित मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव पारितका लागि पेश गरिने बैंकले जनाएको छ  ।  

आर्थिक वर्ष २०७७/७८ मा यस विकास बैंकले विभिन्न वित्तीय सूचाकंहरुमा ठूलो फड्रको मारी आदरणीय शेयरधनी महानुभावहरुलाई  २१.०५२६ प्रतिशतको ऐतिहासिक लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा यस बैंकको  कर्जा प्रवाह १६ प्रतिशत तथा निक्षेप संकलन ६ प्रतिशतले बढेको छ । बैंकको खुद नाफा आर्थिक वर्ष २०७६/७७ को तुलनामा ६३.५७ प्रतिशत र वितरणयोग्य नाफा १४५ प्रतिशतले बढेकै कारण २१.०५२६ प्रतिशतको लाभांश सम्भव भएको कुरा बैंकले जनाएको ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ ।