नेपाल बंगलादेश बैंकले अनलाइनबाट मुद्दती खाता खोल्न सकिने सुविधा शुरु गरेको छ । योजनाअन्तर्गत ग्राहकले बैंकको वेबसाइटमा अनलाइन फिक्स्ड डिपोजिटमा क्लिक गरेर आफूले चाहेको रकम तथा समय अनुसार मुद्दती खाता खोल्न सक्नेछन्।
बैंकले यो योजना विशेष गरी नेपाली नागरिक तथा आप्रवासी नेपालीहरूका लागि ल्याएको जनाएको छ। यस योजना अन्तर्गत विदेशमा कार्यरत नेपाली नागरिक तथा आप्रवासी नेपालीले मुद्दती खाता खोली लाभान्वित हुने बैंकले जनाएको छ।
बैंकले मुलुकभर १०० शाखा, १० एक्सटेन्सन काउन्टर तथा ८४ वटा एटीएमबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सुविधा दिंदै आएको छ।