शनिबार, आश्विन १७ गते २०८३

प्रोग्रेशिभ फाइनान्सले सेयरधनीलाई ७.३६८४ प्रतिशत लाभांश दिने

पौष २, २०७८ शुक्रबार
प्रोग्रेशिभ फाइनान्सले सेयरधनीलाई ७.३६८४ प्रतिशत लाभांश दिने

प्रोग्रेशिभ फाइनान्सले सेयरधनीलाई ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । पुस १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ७ प्रतिशत बोनस र ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

फाइनान्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । 

हाल फाइनान्सको चुक्ता पुँजी ८० करोड १ लाख रुपैयाँ छ । ७ प्रतिशत बोनस पछि चुक्ता पुँजी ८५ करोड ६१ लाख रुपैयाँ नाघ्ने छ । फाइनान्सले २७ देखि लाभांश दिन सकेको थिएन ।