आइतबार, मंसिर ६ गते २०८३

प्रचण्डकाे मस्काे भ्रमण एउटा सामान्य राजनीतिक भ्रमण हाेइन


मंसिर १, २०८३ मंगलबार
प्रचण्डकाे मस्काे भ्रमण एउटा सामान्य राजनीतिक भ्रमण हाेइन

के प्रचण्ड वासिङ्टन,दिल्लीको घेरा बाट मुक्त हुन सक्छन् ? यदि सक्छन् भने यो भ्रमण महत्त्वपूर्ण हुनेछ र प्रचण्डको राजनैतिक जीबनको निम्ति पनि एउटा असल अवसर। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को रुसको राजधानी मस्को भ्रमणलाई एउटा सामान्य राजनीतिक भ्रमणका रूपमा मात्र बुझ्नु पर्याप्त हुँदैन।

यो बदलिँदो विश्व शक्ति सन्तुलन, बहुध्रुवीय विश्व व्यवस्था र नेपालको परराष्ट्र नीतिसँग जोडिएको विषय हो। मस्कोमा आयोजित ‘For the Freedom of Nations’ अन्तर्राष्ट्रिय गोष्ठी शिर्षक र सहभागिताको हिसाबले महत्त्वपूर्ण नै लाग्छ।

उ.jpg

तर एउटा प्रश्न पनि महत्त्वपूर्ण छ—मस्कोको यो भ्रमणले नेपालको राष्ट्रिय हित, आर्थिक सहकार्य, ऊर्जा, प्रविधि र अन्तर्राष्ट्रिय कूटनीतिमा के ठोस उपलब्धि दिन्छ त ? अन्ततः नेपालको विदेश नीति न त वासिङ्टनको निर्देशनमा चल्नुपर्छ, न दिल्लीको दबाबमा, न बेइजिङ वा मस्कोको रणनीतिक स्वार्थमा। नेपालको निर्णयको केन्द्रमा नेपाली जनता, राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता हुनुपर्छ।