सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा न १ को शान्ति चोक र मोरङ जिल्लाको उर्लाबारी नगरपालिका वडा न ५ को उर्लाबारी चोकमा नयाँ शाखा खुलेका हुन्।
साथै, लक्ष्मी बैंकले आफ्नो ९ औं एक्स्टेन्सन काउन्टर जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा न।८ स्थित सेपुखोलामा स्थापना गरेको छ। यी शाखाहरु मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ।
यस नयाँ शाखाको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४० शाखा, ९ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७० एटीएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ।