शुक्रबार, आश्विन २३ गते २०८३

बिन्धवासिनी साकोसको ३३ औं साधारण सभा , सात सय जेष्ठ सदस्यलाई सम्मान


आश्विन २१, २०८३ बुधबार
बिन्धवासिनी साकोसको ३३ औं  साधारण सभा , सात सय जेष्ठ सदस्यलाई  सम्मान

 
बनेपा । बिन्धवासिनी वचत तथा ऋण सहकारी संस्थाले  ३३औं वार्षिक साधारण सभा सात वटा ईकाइमा सम्पन्न गरेको छ । संस्थाले गत असोज १६ गतेदेखि १८ गतेसम्म तीन दिन साधारण सभा संचालन गरेको  हो ।   बनेपा, भकुण्डे र खोपासीमा भएको सभामा अध्यक्ष शान्तकुमार श्रेष्ठले, बानेश्वर र ढुर्खकमा भएको सभामा उपाध्यक्ष रामहरी शर्मा तिमल्सिनाले र पाँचखालमा भएको सभामा सचिव डोरेन्द्रराज सापकोटाको सभाध्यक्षमा भएको थियो । 

 कार्यक्रमको उद्घाटन संस्थापक अध्यक्ष भरतप्रसाद शर्मा र सल्लाहकार एवं निवर्तमान अध्यक्ष प्रदिप थापाले गरेका थिए। संस्थाले सहकारी विभागको निर्देशानुसार कुनै पनि सभामा बाह्य अतिथि नबोलाई सदस्य केन्द्रित रही सभा संचालन गरेको थियो । साधारण सभाको सात वटै ईकाइ सभा सचिव डोरेन्द्रराज सापकोटाले प्रस्तुत  गरेको  वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष भिमबहादुर खत्रीको आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति र बाह्य लेखापरीक्षकको प्रतिवेदन सर्व सम्मत पारित भएको  छ । कार्यक्रममा संस्थाको एकमुष्ट प्रगति र भावी योजना प्रमुख कार्यकारी अधिकृत के वि लामा स्यांङतान्, नायव प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरे र विभागीय प्रमुख अमित राजकर्णिकारले प्रस्तुत  गरेका थिए भने बनेपा सेवा कार्यालयका मित्र प्रसाद दाहाल, पनौतीको रामचन्द्र थापा, पाँचखालको सुरज अधिकारी, ढुखर्कको अनिल पहरी, खोपासीको राजेश कार्की, बानेश्वरको बलराम अधिकारी र भकुण्डेको प्रविण धितालले आ—आफ्नो कार्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थामा हाल २६ सय ४८ वटा विभिन्न समुहमा ६१ हजार तीन सय २६ जना शेयर सदस्य र १२ हजार ६ सय छ जना बाल वचतकर्ता गरि जम्मा ७३ हजार नौ सय ३२ जना सदस्यलाई सेवा प्रदान गर्दै आएको छ र संस्थाो शेयर पुँजी ५३ कारोड ५९ लाख ३९ हजार , कुल वचत ४ अर्व ३९ करोड ७४ लाख , ऋण लगानी ३ अर्व ५९करोड १९ लाख ६४  जगेडा कोष ४१ करोड १७ लाख ५७ हजार भई कुल कुल सम्पत्ति ५अर्व ७३ करोड ३७ लाख २७ हजार पुगेको छ । संस्थाले यस वर्षको साधारण सभामा सात ७ भन्दा बढी जेष्ठ सदस्यलाई सम्मान र जेष्ठ सदस्य भत्ता, एक सय ३३ जना अपांग सदस्यलाई सम्मान र भत्ता वितरण गरेको थियो भने प्रत्येक सेवा कार्यालयका उत्कृष्ठ वचत कर्ता, अधिकतम शेयर खरिद कर्ता, उत्कृष्ट शैक्षिक बाल वचत कर्ता र उत्कृष्ट लघुवित्त समुहलाई सम्मानित तथा पुरस्कृत गरेको थियो ।

साधारण सभामा शेयर सदस्यका छोराछारी मध्ये गत एसईई परीक्षा २०८२ मा ४ जिपिए ल्याउने सहित उत्कृष्ठ जिपिए ल्याउने  ३ गरी  ७ जनालाई चाँदीको तक्मा प्रशंसा पत्र र नगदबाट सम्मान गरिएको थियो भने अन्य १ सय ८९ जनालाई विद्यार्थीहरुलाई प्रंशसा पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।  संस्थाले साधारण सभाको अवसरमा सभा स्थलमा निःशुल्क स्वास्थ्य शिबिर, निःशुल्क दन्त परीक्षण शिबिर र रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो भने बानेश्वर सेवा कार्यालयको सभामा शेयर सदस्य भोलाप्रसाद अधिकारीको निधन भएकोमा उहाँको परिवारलाई २० लाख ३० हजार वीमा रकम भुुक्तानी गरिएको थियो ।

 नयाँ  सञ्चालक समिति चयन 

 
  साधारण सभाले  आगामी चार वर्षे कार्यकालको लागि पुनः शान्तकुमार श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय संचालक समिति र रामकुमार श्रेष्ठको संयोजकत्वमा  ३ सदसीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत  निर्वाचित  गरेको छ । निर्विरोध निर्वाचित संचालक समितिको उपाध्यक्षमा केशव थापा, सचिव भिमबहादुर खत्री, कोषाध्यक्ष गणेशप्रसाद पराजुली र सदस्यहरुमा लोकदर्शन कर्माचाय, बुद्धिमाया लामा, सुनिता धिताल पौडेल, पुष्पा खड्का बस्नेत र रामशरण श्रेष्ठ रहेका छन् भने लेखा समितिको सदस्यमा विदुर थापा र सिद्धिलक्ष्मी पोटे चयन भएका छन् ।

संस्थाले  आज साधारण सभाबाट छानिएका प्रतिनिधिहरुलाई सहभागि गराई अन्तिम निर्णय प्रमाणिकरण सभा तथा नव निर्वाचित संचालक र लेखा समितिको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम राखेको छ ।  काभ्रे जिल्लामै सबै भन्दा बढी शेयर सदस्य रहेको र राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा समेत पहिचान कायम राख्न संस्था सफल भएका छ।