पिपुल्स बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई सीपमुलक तालिम प्रदान गरेको छ । संस्थाले सदस्यहरुलाई हार्पिक, सरफ, साबुन बनाउने एवं वित्तिय तथा प्रविधि साक्षरता तालिम प्रदान गरेको हो । महिला सशक्तिकरण तथा बाल विकास उप–समिति र सामुदायिक विकास उप–समितिको संयुक्त आयोजनामा संस्थाको मुख्य कार्यालयमा हार्पिक, सरफ, साबुन बनाउने तालिम सम्पन गरेको हो । उक्त तालिममा २० जनाको महिला सदस्य प्रशिक्षार्थी र समिति, उप–समिति तथा कर्मचारी गरी जम्मा ३५ जनाको सहभागीता रहेको थियो ।
एक दिने तालिम उप–समिति संयोजक रिजना भण्डारीले संयोजन गरेकी थिइन् । कार्यक्रम संचालन तथा वित्तिय एवं प्रविधि साक्षरता प्रबन्धक नवराज सापकोटा र तालिमका मुख्य प्रशिक्षकका रुपमा अनिता रंजितले प्रशिक्षण दिएका थिए । स्वागत मन्तव्य राख्ने क्रममा सामुदायिक विकास उप–समिति संयोजक र तालिम प्रशिक्षकबाट तालिमको महत्व तथा समग्र बजार माथि प्रकाश पारिएको थियो ।
उक्त तालिममा उपस्थित हुनेमा संस्थाका सचिव सन्तोष कुमार घिमिरे, सञ्चालक सदस्य सुलोचना श्रेष्ठ महिला सशक्तिकरण तथा बाल विकास उप–समिति सदस्य अञ्जु कायष्ठ त्यस्तै सामुदायिक विकास उप–समिति सदस्य सविना मिश्रको उपस्थिती रहेको थियो । अञ्जु कायष्ठले संचालन गरेको समापन कार्यक्रममा संयोजक रिजना भण्डारीले तालिमको प्रभावकारीता उजागर गर्दै उपस्थित सञ्चालक, उप–समिति संयोज र सदस्यहरुबाट प्रशिक्षकलाई सम्मान स्वरुप प्रशंसा–पत्र र सम्पूर्ण सहभागिलाई प्रमाण–पत्र प्रदान गरिएको थियो ।
नेपालपत्र संवाददाता