मंगलबार, आश्विन २० गते २०८३

मार्गदर्शन साकोसको १५औं वार्षिक साधारण सभा, सदस्यलाई लाभांश दिने


आश्विन १९, २०८३ सोमबार
मार्गदर्शन साकोसको १५औं वार्षिक साधारण सभा, सदस्यलाई लाभांश दिने

 मार्गदर्शन बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । चितवनको मंगलपुरस्थीत मंगलपुर गार्डेनमा सभा सम्पन्न भएको हो। साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष डोलबहादुर गुरुङले आर्थिक वर्ष २०८२\०८३ को प्रगति समीक्षा प्रतिवेदन पेश  गरेका थिए । त्यसैगरी, लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक सूर्यबहादुर न्यौपानेले आर्थिक वर्ष २०८२\०८३ को लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए भने बाह्य लेखा परीक्षक चार्टर्ड एकाउन्टेन्ट सृजित बराल क्षेत्रीले आर्थिक वर्ष २०८२\०८३ को बाह्य लेखा परीक्षण प्रतिवेदन पेश गरेका थिए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत दीपक गौतमले आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रम, ६२ करोडको अनुमानित वासलात प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएका सम्पूर्ण प्रतिवेदनहरूमाथि साधारण सभामा गहन छलफल भई सर्वसम्मत रूपमा पारित गरिएको छ। साधारण सभाले ८ प्रतिशत (करसहित) शेयर लाभांश, बचत कारोवारको लागि २.६० प्रतिशत र ऋण कारोबारको लागि १.९३५ संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुलाई कारोबार प्रोत्साहन बोनस दिने निर्णय गरेको छ । संस्थाको सेवालाई थप प्रभावकारी बनाउन सहकारीको आफ्नै भवन निर्माण गर्ने प्रस्ताव पनि सभाले सर्वसम्मतिले पारित गरेको छ।

825351284_3292550284263182_6128510736040748738_n.jpg

साधारण सभामा शेयर सदस्य सम्मान विधातर्फ १८ जना शेयर सदस्य, बाल सदस्य बचत विधातर्फ ८ जना बाल सदस्य र शेयर सदस्यका छोराछोरी मध्ये एसईई २०८२ मा उत्कृष्ट अंक प्राप्त गर्ने ९ जनालाई सम्मान गरेको थियो १ व्यवसाय विस्तार, कार्यसम्पादन मुल्याङ्क, सदस्य सम्बन्ध, कार्यालय वातावरण र नीति निर्देशन अनुपालनाका आधारमा सदस्य सेवाकेन्द्र चनौलीमा कार्यरत कर्मचारी अनिता महर्जनलाई वर्ष २०८२\०८३ को उत्कृष्ट कर्मचारीबाट सम्मान गरेको थियो । 

साधारण सभामा सस्थापक अध्यक्ष प्रेमबहादुर बोगटी, लेखा निवर्तमान सुपरिवेक्षण समिति संयोजक टिकाकुमारी पौडेल, सेवाकेन्द्र चोकबजार संचालन कार्यदल संयोजक नवराज सुबेदी, सेवाकेन्द्र चनौली संचालन कार्यदल संयोजक पुरुषोत्तमकमल ढकालको उपस्थिति रहेको थियो । 

825351281_3292550747596469_7862033699444623775_n.jpg