नवलपरासीमा रहेको हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले सबै सेवा केन्द्रहरूको इकाई सभा सम्पन्न गरी माइन्यूट प्रमाणित सभा सम्पन्न गरेको हो । संस्थाले असोज १६ गते एकैदिन सबै इकाइहरुको भेला सम्पन्न गरेको थियो भने १७ गते मुख्य कार्यालयको इकाई भेला सम्पन्न गरेको जनाएको छ ।
संस्थाले असोज १८ गते माइन्यूट प्रमाणित साधारण सभा सम्पन्न गरेको हो । सभा संस्थाका कार्यबहाक अध्यक्ष मनोहर रायमाझीको अध्यक्षता तथा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यता र राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा संस्थाका निवर्तमान अध्यक्ष विष्णुप्रसाद बरालको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश बचत सङ्घका सञ्चालक तथा संस्थाका पूर्व अध्यक्ष वर्तमान सल्लाहकार खेमराज सुवेदी, नवलपरासी जिल्ला समन्वय समितिका सदस्य धनीराम चौधरी एवं बर्दघाट नगरपालिका वार्ड न ७ का वडा अध्यक्ष ध्रुब थारु लगायतको आतिथ्यता रहेको थियो ।
सभामा संस्थाले उत्कृष्ट नियमित बचतकर्ता, उत्कृष्ट कारोबार बचतकर्ता, उत्कृष्ट क्युआर प्रयोगकर्ता, उत्कृष्ट बाल बचत कर्ता, उत्कृष्ट कर्मचारी, उत्कृष्ट सञ्चालक साथै कक्षा १ देखि १२ कक्षासम्म उत्कृष्ट अङ्कलाई पास गरेका शेयर सदस्यका छोराछोरीहरूलाई सम्मान गरेको थियो । सभाले संञ्चालक समितिमा रिक्त रहेको अध्यक्षमा मनोहर रायमाझी उपाध्यक्षमा माया देवी खरेल र लेखा समिति सदस्यमा यस बहादुर बराल मगरलाई सर्वसम्मत चयन गरेको छ ।
नेपालपत्र संवाददाता