अर्थमन्त्री जनार्दन शर्माले तरलताको अभाव समाधान गर्न सरकार अग्रसर रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आज काठमाडौंमा आयोजना गरेको नवउत्थान सम्मेलनमा उनले बजारलाई जिम्मा दिने वा नियामकीय निकाय नेपाल राष्ट्र बैंकका टुल प्रयोग गरे समाधान हुने बताए। पुँजीगत खर्च कम भएकाले संकलित राजस्व थन्किएर बसेको उनले स्वीकारे। बजेट संसदबाट पारित गर्नै २(३ महिना लागेकाले समयमै खर्चको भुक्तानी हुन नसकेको उनले स्विकारे ।
निजी क्षेत्रलाई तरलता समस्या समाधान उनले आवश्यक सुझाव दिन पनि आग्रह गर्दै उनले सरकारलाई तरलता समस्या समाधान गर्न तपाइँहरुले दिने सुझाव हामीले र्हेन चाहेको बताए। विद्युत बेचेर फाइदा हुँदैन, विद्युत खपत हाम्रो प्राथमिकता हुनुपर्छ, अर्थमन्त्री शर्माले भने उत्पादनमुखी उद्योगहरुलाई सस्तो दरमा विद्युत उपलब्ध गराउन सके खेर जाने विद्युत व्यवस्थापन गर्न सकिने उनले बताए। त्यसैगरी, गैरआवासीय नेपालीहरूलाई नेपालमा डलर खातामा निक्षेप संकलनदेखि फिर्ता लैजान सकिने व्यवस्थालाई थप मार्केटिङ आवश्यक रहेको उनले बताए।