शनिबार, आश्विन १७ गते २०८३

बाढी प्रभावितलाई स्वावलम्वी सहकारीको सहयोग


आश्विन ८, २०८३ बिहीबार
बाढी प्रभावितलाई स्वावलम्वी सहकारीको सहयोग

स्वावलम्बी बचत तथा ऋण सहकारी संस्थाले बाढी प्रभावितलाई आर्थिक सहयोग गरेको छ । संस्थाले गत भदौंमा रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरुलाई उद्धार तथा पुन: स्थापनामा सहयोग गर्ने उदेश्यका साथ आर्थिक सहयोग गरको हो । संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरको छ।

संस्थाले बाढीबाट ठुलो मानवीय तथा भौतिक क्षति भएको दु:ख व्यक्त गरेको छ । यस दु:खद क्षणमा प्रभावितहरुलाई सानो मलमपट्टी लगाउने उदेश्यका साथ संस्थाले सहयोग गरेको जनाएको छ । प्राकृतिक प्रकोपमा परेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सबैमा एक्यवद्धता जनाएको छ।

सहकारीको सिद्धान्त अनुसार ‘एक लागि सबै र सबैको लागि एक’ भन्ने भावना अनुसार यस्ता आपत विपद्मा पर्दा संस्थाले आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको छ। संस्थामा आवद्ध सदस्यहरुलाई समेत विषम परिस्थितिमा आफुले सकेको योगदान गर्न आग्रह गरेको छ।