विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कन्चनजंघा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कने क्रममा डा. हर्क गुरुङ्ग (वि.स. १९९५– २०६३) चढेको हेलिकप्टर उनीसहित तल्लो तस्बिरका २४ जना स्वदेशी एवं विदेशीले ७ असोज २०६३ का दिन आफ्नो ज्यान गुमाएका थिए ।
भावपूर्ण श्रद्धाञ्जली ! : ताप्लेजुङ-फक्ताङ्लुङ गा.पा. घुन्सा हेलिकप्टर दुर्घटना, २०६३ असोज ७ गते आज २० वर्ष पूरा । निधन भएका वन राज्यमन्त्री गोपाल राई/मीना राई, भूगोल तथा योजनाविद् डा हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, सचिव डा. दामोदरप्रसाद पराजुली,महानिर्देशक नारायण पौडेललगायत २४ जनामा श्रद्धाञ्जली !
स्वदेशी/विदेशी उच्च बौद्धिक प्रतिभाको अपुरणीय क्षति भएको उक्त दुर्घटनामा परी निधन भएकाहरू- तत्कालीन वनमन्त्री गोपाल राई, तथा श्रीमती मीना राई, युएसएड नेपालकी मिशन उपप्रमुख मार्गरेट अलेक्जेन्डर, फिनल्यान्ड दूतावासका निमित्त राजदूत पौली मस्टनन, चर्चित संरक्षणविद डा. हर्क गुरुङ, विश्व वन्यजन्तु कोषका डा. जील बोलिङ, डा. चन्द्रप्रसाद गुरुङ, जेनिफर हेडली, श्रीमती येशी छोडेन लामा, माथ्यु प्रिस, मिङ्मा नोर्वु शेर्पा, वन तथा भूसंरक्षण मन्त्रालयका कामू सचिव डा. दामोदर प्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागका महानिर्देशक नारायण प्रसाद पौडेल, वन बिभागका महानिर्देशक शरद कुमार राई, संरक्षणविद डा. तीर्थमान मास्के, डा. विज्ञान आचार्य, विजय श्रेष्ठ, दावा छिरिङ शेर्पा, हेमराज भण्डारी (नेपाल टेलिभिजन), सुनिल सिंह (नेपाल टेलिभिजन) लगायत हेलिकोप्टरका पाइलट क्या. क्लिम किम, क्या. मिङमा शेर्पा, फ्लाइट इञ्जिनियर भ्यालेरी साफ्रोनोभ तथा गुरुवर तन्डुल ।

कन्चनजंघा क्षेत्र वरपरको पार्क व्यवस्थापन नेपाल सरकारको तर्फबाट स्थानीयबासीलाई हस्तान्तरण गरेर फर्किंदै गरेको सो टोली उक्त उक्त दुर्घटनामा परेको थियो।
(तस्बिर: सुनिल उलक)

अन्तरास्ट्रिय ख्याति आर्जन गरेका भूगोलविद, योजनाविद्, लेखक, चित्रकार, खेलाडी आदि बहुआयामिक व्यक्तित्व डा. हर्कको अदभुत थियो काम गर्ने क्षमता। मद्यपान, धुमपान, साथीभाईसँग तास खेल्न देखि फुटबल (एनआरटी) का राम्रो खेलाडीसम्म, गजबको समन्वय थियो डा. हर्क गुरुङ्गको जीवनमा विलक्षण विद्वत्ता र नैसर्गिकताको। बालकृष्ण समको सान्निध्य र संरक्षणमा चित्रकलातिर प्रवृत्त भएर डा. हर्क गुरुङ्गले कोरेका डाँफे र मुनालका चित्रहरू ५० वर्षअघि नै हुलाक टिकटका रूपमा छापिएका थिए।
भुलभुले गाउँका लाहुरे पिता पारस गुरुङ्ग र माता मैँस्यो गुरुङ्गबाट ठूल्कान्छा छोराको रूपमा उत्तरी लमजुङको बाहुनडाँडा नाइँचेस्थित मावलमा उनको जन्म भयो।
नौ वर्षम्म भेडीगोठ र गाईगोठको सहारामा रमाईरहेका हर्क पेन्सन थाप्न काठमाडौँ आएका आफ्ना पितालाई पछ्याउँदै खाली खुट्टा सात दिन पैदल हिँडेर काठमाडौँ आइपुगे र काठमाडौँको दरबार स्कूलमा भर्ना भए। लाहुरे परिवार भएकाले त्यसपछि भारतको देहरादून र जालन्धरमा पढ्न गए। काठमाडौँको त्रिचन्द्र कलेज, भूगोल विषयमा पटना विश्वविद्यालयबाट प्रथम श्रेणीमा बी.ए. अनर्स, तत्पश्चात् एडीनवर्ग विश्व–विद्यालयबाट पहिले डिप्लोमा र पछि सन् १९६५ मा भूगोल विषयमा (२६ वर्षकै उमेरमा) पीएच.डी. गर्ने पहिलो नेपाली बने ।
अध्ययन पूरा गरेर स्वदेश फर्किएपछि देश भ्रमणलाई निरन्तरता दिए। पर्यटनमा उत्तिकै चासो राख्ने तत्कालीन कुमार खड्गविक्रम शाह र उनको दोस्तीकै कारण २०२९ मा नेपाल पर्वतारोहण सङ्घ स्थापना भयो। त्यसको दुई वर्षपछि नै पर्यटन मन्त्रालय गठन भयो । डा. गुरुङ्गले त्यस मन्त्रालयको बागडोर सम्हाले, पर्यटनसम्बन्धी धेरै ऐन र नियमावली बनाउने नेतृत्व र समन्वय गरे ।
२०४० मा डा. हर्क गुरुङ संयोजक रहेको एक अध्ययन समितिले ७० बुँदे सुझावसहितको 'नेपालमा आन्तरिक तथा अन्तर्राष्ट्रिय बसाइँसराइ' प्रतिवेदन तयार पार्यो। यो प्रतिवेदनले उनलाई खासगरी मधेसी समुदायबीच विवादमा पनि पार्यो।
२०४९ तिर उनी एसियन एन्ड प्यासिफिक डेभलपमेन्ट सेन्टरको निर्देशक बनेर मलेसिया पुगे। त्यहाँ पाँचवर्ष बिताउँदा उनले अनुभव गरे, 'देशको समग्र विकास गर्नु छ भने पहिला अल्पमतमा परेका र पिछडिएका जातिको उत्थान गर्नुपर्छ।' त्यही चेतले उनी अल्पमत र आदिवासी जनजातिका सशक्त प्रवक्ता बन्नपुगे। तर गलत बुझाइ लिएका र बौद्धिक दुर्बलता भएकाहरूले उनलाई 'साम्प्रदायिक जहर' भएको मान्छे नठानेका होइनन् ।
राज्यसंरचना को सन्दर्भमा उनी जम्मा २५ जिल्ला र अधिकतम विकेन्द्रीकरणको पक्षमा थिए । हर्क गुरुङ नेपाललाई यथेष्ट योगदान पुर्याएका लब्धप्रतिष्ठित नेपाली थिए ।
माथि उल्लिखित उनको भनाई 'विषय विविध' नामक उनका विभिन्न लेखहरूको सँगालोको एक लेखबाट झिकिएको हो।
उनले नेपालको लागि भू-राजनीतिक परिस्थिति अनुकूल संघीय संरचनाको आवश्यकतालाई बोक्न सक्ने प्रस्तावित २५ जिल्लाको संरचना तयार गरे ।
डा. हर्क गुरुङ (वि.स. १९९५—२०६३) को राज्य पुनर्संरचना प्रस्ताव सम्झें आज । उहाँले प्रस्तुत नक्सा बमोजिम २५ जिल्लाको वैज्ञानिक अवधारणा र तिनको ऐतिहासिक र प्रतिष्ठित नाम समेत प्रस्तुत गर्नुभएको थियो । यो प्रस्ताव प्रस्तुत गरेको बेला उहाँले ७५ मध्ये ११ वटा जिल्ला मात्र आत्मनिर्भर रहेको तथ्यका साथ २५ जिल्ला पूर्ण विकेन्द्रीकरण र आत्मनिर्भर हुने उपाय पनि सुझाउनु भएको थियो। संघीयता खारेज गर्नुपर्छ भन्ने आवाज बढ्दै गएको र प्रदेश सरकारहरू राज्यदोहन का संयन्त्र हुनथालेको आभास मिल्दै गएको यो बेला विकल्पको लागि यो पनि बहस हुन सक्छ कि !
------------
निजी अभिलेख
विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कन्चनजंघा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कने क्रममा डा. हर्क गुरुङ्ग (वि.स. १९९५– २०६३) चढेको हेलिकप्टर उनीसहित तल्लो तस्बिरका २४ जना स्वदेशी एवं विदेशीले ७ असोज २०६३ का दिन आफ्नो ज्यान गुमाएका थिए ।
अन्तरास्ट्रिय ख्याति आर्जन गरेका भूगोलविद, योजनाविद्, लेखक, चित्रकार, खेलाडी आदि बहुआयामिक व्यक्तित्व डा. हर्कको अदभुत थियो काम गर्ने क्षमता। मद्यपान, धुमपान, साथीभाईसँग तास खेल्न देखि फुटबल (एनआरटी) का राम्रो खेलाडीसम्म, गजबको समन्वय थियो डा. हर्क गुरुङ्गको जीवनमा विलक्षण विद्वत्ता र नैसर्गिकताको। बालकृष्ण समको सान्निध्य र संरक्षणमा चित्रकलातिर प्रवृत्त भएर डा. हर्क गुरुङ्गले कोरेका डाँफे र मुनालका चित्रहरू ५० वर्षअघि नै हुलाक टिकटका रूपमा छापिएका थिए।
भुलभुले गाउँका लाहुरे पिता पारस गुरुङ्ग र माता मैँस्यो गुरुङ्गबाट ठूल्कान्छा छोराको रूपमा उत्तरी लमजुङको बाहुनडाँडा नाइँचेस्थित मावलमा उनको जन्म भयो।
नौ वर्षम्म भेडीगोठ र गाईगोठको सहारामा रमाईरहेका हर्क पेन्सन थाप्न काठमाडौँ आएका आफ्ना पितालाई पछ्याउँदै खाली खुट्टा सात दिन पैदल हिँडेर काठमाडौँ आइपुगे र काठमाडौँको दरबार स्कूलमा भर्ना भए। लाहुरे परिवार भएकाले त्यसपछि भारतको देहरादून र जालन्धरमा पढ्न गए। काठमाडौँको त्रिचन्द्र कलेज, भूगोल विषयमा पटना विश्वविद्यालयबाट प्रथम श्रेणीमा बी.ए. अनर्स, तत्पश्चात् एडीनवर्ग विश्व–विद्यालयबाट पहिले डिप्लोमा र पछि सन् १९६५ मा भूगोल विषयमा (२६ वर्षकै उमेरमा) पीएच.डी. गर्ने पहिलो नेपाली बने ।
अध्ययन पूरा गरेर स्वदेश फर्किएपछि देश भ्रमणलाई निरन्तरता दिए। पर्यटनमा उत्तिकै चासो राख्ने तत्कालीन कुमार खड्गविक्रम शाह र उनको दोस्तीकै कारण २०२९ मा नेपाल पर्वतारोहण सङ्घ स्थापना भयो। त्यसको दुई वर्षपछि नै पर्यटन मन्त्रालय गठन भयो । डा. गुरुङ्गले त्यस मन्त्रालयको बागडोर सम्हाले, पर्यटनसम्बन्धी धेरै ऐन र नियमावली बनाउने नेतृत्व र समन्वय गरे ।
२०४० मा डा. हर्क गुरुङ संयोजक रहेको एक अध्ययन समितिले ७० बुँदे सुझावसहितको 'नेपालमा आन्तरिक तथा अन्तर्राष्ट्रिय बसाइँसराइ' प्रतिवेदन तयार पार्यो। यो प्रतिवेदनले उनलाई खासगरी मधेसी समुदायबीच विवादमा पनि पार्यो।
२०४९ तिर उनी एसियन एन्ड प्यासिफिक डेभलपमेन्ट सेन्टरको निर्देशक बनेर मलेसिया पुगे। त्यहाँ पाँचवर्ष बिताउँदा उनले अनुभव गरे, 'देशको समग्र विकास गर्नु छ भने पहिला अल्पमतमा परेका र पिछडिएका जातिको उत्थान गर्नुपर्छ।' त्यही चेतले उनी अल्पमत र आदिवासी जनजातिका सशक्त प्रवक्ता बन्नपुगे। तर गलत बुझाइ लिएका र बौद्धिक दुर्बलता भएकाहरूले उनलाई 'साम्प्रदायिक जहर' भएको मान्छे नठानेका होइनन् ।
राज्यसंरचना को सन्दर्भमा उनी जम्मा २५ जिल्ला र अधिकतम विकेन्द्रीकरणको पक्षमा थिए । हर्क गुरुङ नेपाललाई यथेष्ट योगदान पुर्याएका लब्धप्रतिष्ठित नेपाली थिए ।
माथि उल्लिखित उनको भनाई 'विषय विविध' नामक उनका विभिन्न लेखहरूको सँगालोको एक लेखबाट झिकिएको हो।
चन्द्रमणि गाैतम