शनिबार, आश्विन १७ गते २०८३

पिपलबोट सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग


आश्विन ७, २०८३ बुधबार
पिपलबोट सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग

 

सुर्खेतको वीरेन्द्रनगर–४, भैरवस्थानस्थित पिपलबोट बचत तथा ऋण सहकारी संस्थाले रसुवामा गएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ। संस्थाले कर्मचारीको दुई दिनको तलब तथा सञ्चालक समितिका सदस्यको एक महिनाको बैठक भत्ताबाट संकलित रु. ३० हजार ६६१ रकम कोषमा जम्मा गरेको हो।

बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको संस्थाका सचिव गणेशमान खनालले जानकारी दिए। २०५९ साल असार ३ गते स्थापना भएको पिपलबोट बचत तथा ऋण सहकारीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक तथा मानवीय कार्यमा सहयोग गर्दै आएको जनाएको छ।

संस्थाले असार मसान्तसम्म २ अर्ब ६६ कराेड ७६ हजार शेयर पुँजी संकलन गरेकाे छ भने २३ कराेड ४ लाख रकम बचत संकलन गरी १८ कराेड ९९ लाख रूपैया कर्जा लगानी गरेकाे छ । २ हजार ९ सय ७६ जना शेयर सदस्य रहेकाे संस्थाबाट ३२७ जनाले कर्जा सुविधा उपभाेग गरेका छन् । त्यस अवधिसम्म संस्थाकाे कुल सम्पत्ति २९ कराेड ५३ लाख रहेकाे छ।