काठमाडौं ।
राजनीतिक विश्लेषककारूपमा लामाे समयदेखि क्रियाशील रहँदै आएका त्रिमूल नेपाल पार्टीका नेता भरत दाहाल माेरङकाे बेलबारीबाट ल्दै आज गिरफ्तार भएकाछन् । उनलाई त्यहाँबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । काठमाडौंको साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई नियन्त्रणमा लिइएको बताइएको छ ।
उनकाविरुद्ध ब्यूरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको जनाइएको छ । दाहाललाई ल्दै आजै जहाजबाट काठमाडौं पठाउन थालिएको पनि बताइएकाे थियाे । दाहालले एक युट्यब च्यानलबाट लगातार वर्तमान रास्वपा नेतृत्वको सरकारलाई अमेरिकी साम्राज्यवादको एजेण्ट भनेर बोल्दै र बिश्लेषणा आइरहेका थिए ।

नेपालपत्र संवाददाता