शनिबार, आश्विन १७ गते २०८३

‘जुन दिन नेपाली काँग्रेसले राष्ट्रियताको आफ्नो अडान छोड्नेछ यो निरर्थक भएर जानेछ’  – बिपी कोइराला

मंसिर २८, २०७८ मंगलबार
‘जुन दिन नेपाली काँग्रेसले राष्ट्रियताको आफ्नो अडान छोड्नेछ यो निरर्थक भएर जानेछ’  – बिपी कोइराला

b p koirala.JPG

जननायक बीपी कोइराला (विसं १९७१–२०३९) ले उक्त कुरा नेपाली काँग्रेसको इतिहास लेख्नुपर्ने आवश्यकतामा जोड दिँदै शैलजा आचार्यको उपस्थितिमा बरिष्ठ अधिवक्ता स्व. गणेशराज शर्मासँग भन्नुभएको कुरा शर्माले बीपीको डायरी जेल जर्नलको भूमिकामा उल्लेख गर्नुभएको छ ।

बीपीलाई उद्धृत गर्दै शर्माले भूमिकाको पृष्ठ संकेत पृष्ठ ‘ज’ मा लेख्नुभएको छ, ‘म मरेपछि नेपाली काँग्रेसमा मेरो भूमिकाको बारेमा व्यापक भ्रम सृजना गर्न प्रयास हुनेछ भन्ने मलाई पक्का छ । घटनाहरुलाई बंग्याएर इतिहासको गलत ब्याख्या गरिनेछ । नेपाली काँग्रेसमा मैले लिएको अडान र मेरो दृष्टिकोणलाई गौण बनाईनेछ । मैले नेपाली काँग्रेसमा सदैव सैद्धान्तिक र विषयगत अडानहरु लिएको छु । राष्ट्रियताको विषयमा, प्रजातान्त्रिक संस्थाहरुको विषयमा, आर्थिक विकास र समाजवादी व्यवस्थाको विषयमा मेरा अडानका निरन्तरता छन् । हिन्दूस्थानको बारेमा, राजाको बारेमा र संसारसँगको सम्पर्कको बारेमा मेरो दृष्टिकोणमा एउटा निरन्तरता छ र त्यसका आधारहरु मैले सँधै उल्लेख गर्ने गरेको छु ।’

‘.....जुन दिन नेपाली काँग्रेसले राष्ट्रियताको आफ्नो अडान छोड्ने छ, यो निरर्थक भएर जानेछ । र जुन दिन यसले प्रजातन्त्रका आदर्शहरु छाडेर केवल सत्ताको राजनीति गर्नेछ, यो निरर्थक भएर जानेछ ।’

 

साभारः चन्द्रमणि गौतमजीका मुहारपुस्तिकाबाट