शनिबार, आश्विन १७ गते २०८३

पाँच समस्याग्रस्त सहकारीका १३५ जनाको बचत रकम फिर्ता


आश्विन २, २०८३ शुक्रबार
पाँच समस्याग्रस्त सहकारीका १३५ जनाको बचत रकम फिर्ता

समस्या ग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्या ग्रस्त सहकारीका १३५ बचत कर्ताको बचत रकम फिर्ता गरेको छ । समितिका अनुसार शिवशिखरका ५७, कान्तिपुरका ५२, ओरिन्टल को अपरेटिभका ८, तुलसी बहुमुखीका ९ र आइडियल यमुना सहकारीका ९ जना साना बचत कर्ताको रकम फिर्ता गरिएको हो ।

सरकारले समस्या ग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त रकम पीडित बचत कर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । पहिलो चरणमा थोरै बचत रकम भएका बचत कर्तालाई बचत रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी क्रमशः बचत कर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ । समस्या ग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचत कर्तालाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको छ ।