धुलिखेल, बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । संस्थाको आयोजना एवं बनेपा हेल्थ केयर प्रा.लि. को प्राविधिक सहयोग तथा धुलिखेल नगरपालिका वडा नं. १ को सहजीकरणमा शिविर सम्पन्न भएको हो ।

स्वास्थ्य शिविरमा धुलिखेल नगरपालिका वडा नं. १ देवीटार क्षेत्रका ९८ जनाले स्वास्थ्य परीक्षण गराई लाभ लिएको संस्थाले जनाएको छ । स्वास्थ्य शिविरमा बरिष्ठ प्रसुती तथा स्त्रीरोग विशेषज्ञ र फिजिसियनहरुद्वारा स्वास्थ्य जाँच तथा परामर्शका साथै निःशुल्क औषधि समेत वितरण गरिएको थियो । थप उपचार गर्नुपर्ने अवस्थाका बिरामीहरुलाई बनेपा हेल्थ केयरमा स्वास्थ्य परीक्षणमा २० प्रतिशत र औषधिमा १० प्रतिशत छुट दिने व्यवस्था समेत मिलाइएको छ ।