शनिबार, आश्विन १७ गते २०८३

सानिमा बैंकको शाखा चन्द्रागिरिको बलम्बुमा

मंसिर २७, २०७८ सोमबार
सानिमा बैंकको शाखा चन्द्रागिरिको बलम्बुमा

 

सानिमा बैंकले मिति २०७८ मंसिर २६ गते काठमाडौंको बलम्बुमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेल र ब्रान्ड प्रवद्र्धक कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा गरेका थिए ।

मह जोडीले काठमाडौंको बलम्बुमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका अध्यक्ष तुकप्रसाद पौडेलद्वारा बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बंैकका देशभर सातै प्रदेशमा ११८ कार्यालय र ९७ वटा एटिएम सञ्चालनमा रहेका छन् ।